Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

कक्षाकोठामा मोबाइल प्रयोग गर्ने शिक्षकको आधा तलब कट्टा

काठमाडाैं । चौरपाटी गाउँपालिका–६ दुनीस्थित पञ्चकोटी आधारभूत विद्यालयले कक्षाकोठामा मोबाइल प्रयोग गरे सो दिनको आधा तलब कट्टा गर्ने नियम बनाएको छ । कक्षाकोठामा शिक्षकले पठाउनेभन्दा पनि मोबाइलमै बढी समय बिताउन थालेको विद्यार्थीले गुनासो गरेपछि अविभावक भेलाले यस्तो नियम बनाएको हो । ‘शिक्षकहरू पढाउन छोडेर मोबाइलमा व्यस्त हुन थाले । पढाउने कुरामा त वास्ता नै हुँदैन । त्यसो नगर्न कैयौँपटक आग्रह गर्दा पनि सरहरूले मान्नुभएन,’ विद्यार्थीको गुनासो उद्धृत गर्दै खडक साउँदले भने, ‘सरहरूको मोबाइल चलाउने बानीले हाम्रो पढाइ बिग्रियो, हजुरले सम्झाइदिनुप¥यो भने सोहीअनुसार निर्णय भएको हो ।’ चार वर्षअघि सेभ द चिल्ड्रेन र वाक नेपालले स्थापना गरेको गुनासो सुनुवाइ संयन्त्रअन्तर्गत विद्यालयमा राखेको सुझाबपेटिकामा विद्यार्थीले खसालेको पत्रको आधारमा प्रधानाध्यापक साउँदले विद्यार्थीलाई छलफलका लागि पनि बोलाएका थिए । त्यसपछि कक्षामा मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाइएको प्रधानाध्यापक साउँदको भनाइ छ । ‘विद्यार्थीको व्यापक गुनासो आयो,’ प्रधानाध्यापक साउदले भने, ‘यसबारे अभिभावक भेलामा पनि कुरा चल्यो ।’ शिक्षकको मोबाइल प्रधानाध्यापककै कक्षमा सामान्य निर्देशनले समस्या रोकिने नदेखिएपछि प्रधानाध्यापककै कार्यकक्षमा मोबाइल फोन राख्न ब्याग तयार गरिएको छ । सबै शिक्षकले सोहीअनुसार कक्षामा जानुअघि मोबाइल जम्मा गर्दै आएका पनि छन् । विद्यार्थी, अभिभावक र शिक्षककै सल्लाहमा पढाइ सुधारका लागि यस्तो गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनदेवी खड्काले बताइन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending