Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

बाक्दो धुलोसहितको हुरीका कारण १७१ जना विरामी

तेहरान। इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान तथा बालुचेस्तानमा चलेको बाक्लो धुलोसहितको हुरीका कारण १७१ जना विरामी भएपछि उनीहरूलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले बताएको छ । धुलोसहितको कडा हावाहुरीका कारण ८१० जनामा स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको र उनीहरूमध्ये गम्भीर समस्या भएका १७१ जनालाई अस्पताल भर्ना गरी उपचार शुरु गरिएको प्रान्तको विपत व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरूलाई सिस्तान तथा बालुचेस्तानका विभिन्न अस्पतालमा राखी उपचार भइरहेको केन्द्रका प्रमुख अबोल रहमान शाहनभाजीले पुष्टि गरे । धुलोको प्रभावका कारण केही विरामीहरूमा दृष्टिमासमेत समस्या देखिएको छ भने केहीमा मुटुसम्वन्धी समस्या देखिएको छ । उक्त क्षेत्रमा रेडक्रस समाज तथा स्थानीयको सहयोगमा प्रभावितहरूलाई खोजी पानी खाद्यान्नको विवरण तथा उपचारका लागि पठाउने काम भइरहेको साहनाभाजीलाई उद्धृत गरी आइआरएनएले जनाएको छ । उक्त प्रान्तका जाबोल, जाहक, हिरमान्द, हामुन र निमरुज शहरहरुमा अत्यधिक धुलोको समस्या देखिएपछि शैक्षिक संस्था तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने केही सरकारी कार्यालयहरूसमेत शनिबार एक दिन बन्द गरिएका छन् । हुरीका कारण केही उडानहरूसमेत प्रभावित बनेका छन् । इरानको मौसम विज्ञान महाशाखाले गत अगस्टमा सिस्तान तथा बालुचेस्तान प्रान्तमा धुलोको तहका कारण निम्तिने जोखिमहरूबारे नागरिकहरूलाई सचेत बन्न अनुरोध गरेको थियो । महाशाखाका अनुसार धुलोको मात्रा प्रति घनमिटर आठ हजार ७३ माइक्रोग्राम पुगेको र यो सामान्य अवस्थाभन्दा १५० माइक्रोग्राम प्रति घनमिटर बढी भएको महाशाखाका प्रमुख अलि मोलाशाहीले बताए। रासस/सिन्हवा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies