Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अमेरिकालाई प्यालेस्टिनीको चेतावनी, शरणार्थी बिषयमा हस्तक्षेप नगर

रामल्ला। अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन् । अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु यूसेफ तथा अहमद अबु हाउलीको उक्त प्रतिक्रिया आएको हो । प्यालेस्टिनी पक्षले आफ्ना नागरिकको राष्ट्रिय अधिकारलाई प्रभावित गर्ने कुनैपनि बिषयलाई अस्वीकार गर्नेछ, यूसेफले प्यालेष्टिनी रेडियो ‘भ्वाइस अफ प्यालेस्टाइन’लाई दिएको अन्तवार्तामा बताए । उनले संयुक्त राज्य अमेरिकाले इजरायलको पक्षमा ‘पूर्ण पक्षपातपूर्ण’ व्यवहार देखाएको पनि उनको आरोप छ । प्यालेस्टिनी नेताहरूले वर्तमान् अमेरिकी प्रशासनसँग तत्काल कुनै सम्पर्क भएको कुरालाई नकारे । आन्दोलन (सङ्घर्ष)का कारण अमेरिकी प्रशासनले प्यालेस्टिनी जनताको ऐतिहासिक अधिकारविरुद्ध हुनेगरी निर्णयहरू गर्ने गरेको बताउँदै यसले अमेरिकालाई राम्रो नहुने उनीहरूको भनाइ थियो । शरणार्थी विभागका प्रमुखसमेत रहेका हाउलीले इमेलमार्फत एक विज्ञप्ति पठाउँदै भने, प्यालेस्टिनी शरणार्थीको समस्या विल्कुल इजरायली–अरब द्वन्द्व भएको भन्दै यसमा अमेरिकी हस्तक्षेप अनावश्यक रहेको बताएका छन् । प्यालेस्टिनी समस्याबारे कार्यान्वयनमा आउन लागेको संयुक्त राष्ट्र सङ्घको सङ्कल्प प्रस्तावलाई अमेरिकाले रद्द गर्न नमिल्ने बताए । “प्यालेस्टिनी शरणार्थी घर फर्कन पाउने अधिकारलाई अन्तराष्ट्रिय कानून तथा मानव अधिकारबारे विश्वव्यापी घोषणापत्रले प्रत्याभूत गरेको बिषय हो ।” एक इजरायली टेलिभिजनले शनिबारको प्रशारणमा सन् १९४८ भन्दा पहिले जन्मेका प्यालेस्टिनीहरूलाई मात्र शरणार्थीको मान्यता दिन चाहेको भन्ने सूचनालाई लिएर उनीहरूले अमेरिकालाई प्यालेस्टिनी शरणार्थीका सम्बन्धमा हस्तक्षेपकारी भूमिका नखेल्न चेतावनी दिएका हुन् । रासस/सिन्ह्वा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending