Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

निर्मला हत्या: किन शंकाको घेरामा छन् बम दिदिबहिनी ?

काठमाडौँ । रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘ भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ, संगै बसेर होमवर्क गरौंला’ साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिदै दुर्गादेवी पन्तले भनिन्,‘ उसले अघिल्लो दिनमै आएर बोलाएकाले साउन १० गते छोरी उसको घरमा बिहान ११ बजे गएकी थिई।’ रोशनीको घरमा उनकी दिदी बविता उर्फ अनिता बम र उनी बस्ने गर्थिन् । आजको अन्नपूर्ण पोस्ट  दैनिकमा यो खबर छ - होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताईएपनि उनी भने घर पुगिनन् । ‘ म त्यही दिन सामान लिन बनवासा गएकी थिए’ दुर्गादेवीले भनिन्,‘ घर पुगेर निर्मला कहाँ छे भनेर खोजे, अरु छोरीले साथी रोशनीकोमा गएको छ भने।’ साँझ पर्न लाग्दा समेत छोरी घर नपुगेपछि खोज्दै रोशनीको घर पुगे उनले भनिन् । तर त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताएपनि उसको दिदीले आक्रोश शब्दमा आफूप्रति खनिन् । छोरी होमवर्क गर्न गएको घरबाट हराएपछि आमा दुर्गादेवीको शंका बढ्दै गएको थियो । ‘मैले पटक–पटक रोशनी कै घरमा गएर छोरी खोज्ने प्रयास गरे’ उनले भनिन्,‘तर रोशनीको दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखायो।’\' स्थानीय प्रहरी प्रशासनले समेत छोरी खोज्नलाई सहयोग नगरिदिदा पीडित बनेकी दुर्गादेवी पन्तलाई साउन १० गते रातभरी निन्द्रा परेन् । अर्कोदिन भोलीपल्ट पनि खोजी शुरु भयो । ‘ त्यसदिन समेत म बिहान फेरी मनले मानेन र सोध्न गए’उनले भनिन्,‘त्यसदिन समेत उनले घरभित्र गएर हेर्न दिइनन्, नजिकैको खोलामा खोजी गर्नेले साईकल भेटियो भन्दा उल्टै साईकल भेटियो त लाश पनि त्यतै भेटिएला नी भन्ने जवाफ फर्काइन।’ साउन ११ गते निम्बुखेडा खोला नजिकैको उखुबारीमा निर्मलाको शव हत्या गरिएको अवस्थामा फेला पर्‍र्यो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending