Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बजार अनुगमनमा अवरोध गर्ने व्यापारी पक्राउ

काठमाडौं । बल्खुस्थित तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारबाट एक व्यापारीलाई पक्राउ गरेको छ। अनुगमनमा अवरोध गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले व्यापारी रवी शाहलाई पक्राउ गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधि, सुरक्षाकर्मी, उपभोक्ताकर्मी सहभागी रहेको विभागतको टोलीले सोमबार बिहान ४ बजे बल्खु तरकारी बजारमा अनुगमन गरेको थियो। आपूर्ति मन्त्री मातृकाप्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज खरेलका अनुसार अनुगमनका क्रममा व्यापारीले व्यावसायिक रूपमा व्यवसाय दर्ता नगरेको, प्यान नम्बर नलिएको र तरकारी आपूर्तिको बिल बिजकसमेत नरहेको पाइएको थियो। खरेलका अनुसार अनुगमनका क्रममा पक्राउ परेका शाहको नेतृत्वमा व्यापारीले अनुगमनको बिरोध गर्दै हुलहुज्जतका साथै प्रदर्शन गर्ने प्रयास गरेका थिए। उनले भने, ‘शाहलाई पक्राउ गरेपछि व्यापारीले केहीबेर नाराबाजीसमेत गरे।’ अनुगमन टोलीले बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा स्पष्टीकरणका लागि उपस्थित हुन निर्देशन दिएको छ। शाहले यसअघि २०७३ असारमा सोही बजारमा तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुनसहितको अनुगमन टोलीमाथि बन्दालगायत तरकारीले प्रहार गरेका थिए। तत्कालीन समयमा अनुगमन टोलीले ढक र तराजुको विषय उठाएपछि व्यापारीले मन्त्री पुनको टोलीमाथि तरकारीले प्रहार गरेका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy