Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

संस्कृत सिक्दै मुस्लिम बालबालिका

विराटनगर  । मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।उनी संस्कृत फररर पढ्छन् । स्वस्ती वाचन गर्दा शेकलाई अरू केही मुसलमान र हिन्दु बालबालिकाले साथ दिन्छन् । विद्यालय आसपास हुने धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न संस्कृत पढ्दै गरेका बालबालिका पठाइ दिन आयोजक आएर आग्रह गर्छन् । आजको कान्तिपुर दैनिक म यो खबर छ - विद्यालयका प्राचार्य युगेश्वर मेहताले भने, ‘त्यसका लागि शेकसहितको टिम पठाउने गरेका छौं ।’ उनका अनुसार विद्यालयमा राष्ट्रिय गानपछि वाचन गरिने स्वस्ती र आसपास हुने धार्मिक कार्यक्रममा जाने बालबालिकामा आधा मुस्लिम र आधा हिन्दु हुन्छन् । बाल कक्षादेखि १० सम्म संस्कृत पढाइ हुने यो विद्यालयमा शेक कक्षा १० मा पढ्छन् । तर उनी एक्ला भने होइनन् । विद्यालयका ३ सय बालबालिकामा ४६ मुस्लिम छन् । शेकले कक्षा २ देखि यो विद्यालयमा संस्कृत अध्ययन गरेका हुन् । उनका दाजु मोहमद रफिकुलले यसैपालिको एसइई परीक्षामा बी प्लस जीपीए ल्याएर उत्तीर्ण गरेर यहीँको सिटी कलेजमा कक्षा ११ मा शिक्षा संकाय पढ्दै छन् । बहिनी खुसवु ७ र भाइ सलमान कक्षा ३ मा अध्ययनरत छन् । ‘हामी एक दिन पनि मदरसा पढ्न गएनौं,’ उनले भने, ‘आमाले पटकपटक मदरसा पढ्न जान र संस्कृत विद्यालय नजान भने पनि मानेनौं ।’ सरकारी विद्यालय पढ्दा सरकारी जागिर खान पाइन्छ भन्ने बुझेकाले घरनजिकैको संस्कृत विद्यालयमै पढेको उनको भनाइ छ । ‘सुरुमा संस्कृत पढ्न र बुझ्न गाह्रो भयो,’ उनले भने, ‘अब त कुरानभन्दा संस्कृत पढ्न सजिलो लाग्न थाल्यो ।’ एसईई उत्तीर्ण गरेर कक्षा ११ र १२ मा व्यवस्थापन संकाय पढ्ने शेकको इच्छा छ । उनकी बहिनी खुसवु पनि स्वस्ती वाचन गर्न हिँड्छिन् । यो विद्यालयको बालकक्षामा अध्ययनरत २७ बालबालिकामध्ये १६ जना मुस्लिम छन् । कक्षा १ मा ९, कक्षा २ मा ४ जना मुस्लिम बालबालिका छन् । त्यसैगरी कक्षा ३ मा २३ मध्ये ७, कक्षा ४ मा १, कक्षा ५ मा ४, कक्षा ६ मा १, कक्षा ७ मा २, कक्षा ९ र १० मा एक–एक मुस्लिम विद्यार्थी पढ्ने गरेको विद्यालयको अभिलेखमा छ । साना कक्षामा मुस्लिम बालबालिका भर्ना हुने क्रम बढदो रहेको प्राचार्य मेहताको भनाइ छ । ‘पाँच कक्षासम्म मुस्लिम बालबालिका नियमित विद्यालय आउँछन्,’ उनले भने, ‘त्यसपछिका कक्षामा उनीहरूको उपस्थिति न्यून हुन्छ ।’ उनीहरू विद्यालय छाडेर अविभावकसँग मजदुरी गर्न हिँड्ने र केही सागसब्जी बिक्री गर्न हिँडने गरेको पाइएको मेहताले बताए । यी सबै बालबालिका विद्यालय नजिकको सिंघीया खोलाको ऐलानी जमिनमा बसोबास गर्ने सुकुम्बासी परिवारका हुन् । मेहताका अनुसार कक्षा ५ सम्म पढेर अधिकांश बालबालिका मजदुरी गर्न हिँड्ने गरेको पाइएको छ । विद्यालयमा हरेक वर्ष मुस्लिम बालबालिका भर्ना हुने क्रम नियमित छ । तर माथिल्लो कक्षामा केही बालबालिका मात्र टिक्छन् । मेहताका अनुसार यो विद्यालयवाट अहिलेसम्म संस्कृत पढेर मुस्लिम समुदायका ३ जनाले एसइई उत्तीर्ण गरेका छन् । २०६८ सालमा मोहमद समशिलले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । यसपालि मोहमद रफिकुल र अघिल्लो वर्ष मोहमद डोमीले बी प्लस जीपीए ल्याएर एसइई उत्तीर्ण गरेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy