Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

विमानस्थललाई लक्षित गरि हवाई हमला

साना। विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जन बढी हवाई हमला गरेको छ । यमनका हुथी विद्रोही समूहले हवाई हमला मध्यराति सुरु भएको र करिब आधा घण्टासम्म जारी रहेको जनाएको छ । यद्यपि प्रायः यो विमानस्थल प्रयोगमा आउने गरेको छैन । उक्त विमानस्थल नजिकै अल दैलामी हवाई शिविर पनि रहेको छ । साउदीको अग्रसरताको संयुक्त सेनाले बेलाबखत यी दुबै विमानस्थलमा हवाई हमला गर्ने गरेको स्थानीय वासिन्दा र हुथी विद्रोहीआवद्ध टेलिभिजन अल मसिराहले जनाएका छन् । तर हालसम्म यस कारबाहीबाट मानवीय क्षतिको कुनै सामाचार आएको छैन । हुथी विद्रोहीले दुबई विमानस्थलमा मानवरहित ड्रोन आक्रमण गरेको दाबी गरेलगत्तै केही घण्टापछि सोमबार रातिको आक्रमण भएको बताइन्छ । तर संयुक्त अरब इमिरेट्सले हुथी विद्रोहीको दाबीलाई अस्वीकार गरेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाले सन् २०१५ बाट नै इरानको समर्थन रहेको हुथी बिद्रोही विरुद्ध कारबाही गर्दै आएको छ । अन्तर्राष्ट्रिय समर्थन रहेको यमन सरकारलाई पुनः स्थापनालगायत शक्तिमा ल्याउन र हुथी विद्रोहीलाई पछाडि पार्न साउदी अरेबियाले सन् २०१५ बाट यमन सरकारलाई सहयोग गर्दै आएको छ । तर साउदी अरेबियाआवद्ध संयुक्त सेनामाथि हुथी विद्रोहीविरुद्धको कारबाहीको क्रममा निर्दोष सर्वसाधारणको हत्या भएको आरोप लाग्दै आएको छ । सन् २०१५ बाट सुरु भएको यस द्वन्द्वमा परी १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । साथै संयुक्त राष्ट्रसंघले यमनमा विश्वमै अत्यन्त खराब मानवीय द्वन्द्व जारी रहेको बताएको छ । रासस /एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending