Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

निर्मला हत्या प्रकरणमा प्रहरीको दादागिरीः यी किशोरीलाई पनि चरम यातना दिएको थियो प्रहरीले

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा याे खबर छ - ज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्ती भट्टलाई प्रहरीले गिरफ्तार गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको बलात्कार तथा हत्या आरोपमा जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परेको जानकारी अघिल्लो दिन संसदमा दिएका थिए । अर्को दिन ज्योति बहुमुखी क्याम्पसमा आएको प्रहरीले हेमन्तीलाई गिरफ्तार गर्‍यो । उनको महिनावारी चलिरहेको थियो । १८ साउनमा बिहानको क्याम्पसबाट घर फर्केकी हेमन्ती घरबाहिर खानाको तयारीमा थिइन् किनकि उनको महिनावारी चलिरहेको थियो । तर, खानसमेत नदिई बिहान करिब ११ बजे उनलाई जिल्ला प्रहरी कार्यालय लगियो । तत्कालीन एसपी (जो हाल निलम्बित छन् डिल्लीराज विष्टले भने उनलाई धम्की दिए, ‘निर्मलाको बलात्कार र हत्यामा मेरो पनि संलग्नता छ भनेर सकारिस् भने बच्छेस्, हैन भने तेरो भविष्य बर्बाद गर्दिन्छु ।’ सोच्दै नसोचेको विपत्ति आइलागेपछि हेमन्ती अत्तालिइन् । तर, उनले आफ्नो संलग्नता छ भन्न मानिनन् । त्यसपछि उनलाई सिसाको एउटा सानो झ्याल भएको अँध्यारो कोठामा राखियो । ‘१५–१५ मिनेट बिराएर सादा पोसाकका प्रहरीहरू आउँथे । गल्ती मानिस् भने बच्छेस्, मानिनस् भने मर्छेस् भनेर धम्क्याउँथे,’ उनले नयाँ पत्रिकासित भनिन् । उनलाई बेलुका छाडिन्थ्यो, तर बिहान फेरि गिरफ्तार गरिन्थ्यो । यो क्रम पाँच दिनसम्म चल्यो । दोस्रो दिन उनी बाबा गोकुलेश्वर भट्टको अटोमा आफैँ प्रहरी कार्यालय जाँदै थिइन् । तर, बाटैमा उनलाई नियन्त्रणमा लिइयो र मोटरसाइकलको बीचमा राखेर चौकी पुर्‍याइयो । र उसैगरी सोधपुछका नाममा धम्क्याइयो । ‘मेरो साथीले बलात्कार गरेर हत्या गरेको हो, मैले सघाएकी हुँ भन्, हामी तँलाई जोगाउन कोसिस गरौँला । नत्र त गइस्,’ सोधपुछ गर्न आउने सादा पोसाकका प्रहरी धम्क्याउँथे । तेस्रो दिन त ज्यादतीको पराकाष्ठा नै भयो । उनी क्याम्पसमा पढिरहेकी थिइन् । कक्षाकोठाबाटै सहपाठी र शिक्षकहरूको सामुन्ने उनलाई प्रहरीले गलहत्याउँदै लगेर गाडीमा राखे । उही अँधेरो हिरासतमा लगियो । उनको शिर भुइँमा टेकाइयो, खुट्टा छततिर ठाडो पारियो । प्रहरीले लाठी हान्न थाले । पीडाले चिच्याइन् । ती बालिकालाई प्रहरीहरूले तथानाम भने । त्यसपछि उनलाई बाहिर ल्याइयो र तत्कालीन एसपी डिल्लीराजसामु खडा गरियो । डिल्लीराजले भने, ‘तँलाई हामीले यहाँ बोलाएर केरकार गरिरहेका छौँ भन्ने बाहिर कसैलाई भनिस् भने तेरो भविष्य चौपट हुन्छ । घरमा पनि सामान्य सोधपुछ भएको छ, अरू केही भएको छैन भनेस्, तेरो भलो हुन सक्छ ।’ प्रहरीले हेमन्तीको फेसबुकको पासवर्डसमेत लिइसकेको थियो । चौथो दिन पनि उनलाई हिरासतमा राखिएको थियो । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीसहित वडा नै उल्टेर प्रहरी कार्यालय पुग्यो । त्यसैले पाँचौँ दिन न प्रहरीले उनलाई बोलायो, न पक्रन नै आयो । ‘तर, पाँचौँ दिन म जब क्याम्पस गएँ, कुनै पनि सहपाठी बोलेनन् । हिरासतमा भन्दा पीडा कक्षाकोठामा भयो । ओझेल परेर निकैबेर एक्लै रोएँ,’ उनी भन्छिन् । उता प्रहरीले पिछा छाडेको थिएन । एक दिन बिराएपछि छैटौँ दिन उनलाई फेरि जिप्रका पुर्‍याइयो । धामी थरका सइले कागज तयार पारिसकेका थिए । उनले कागजमा लेखिएकोे व्यहोरा पढ्न चाहिन् । तर, सइले भने, ‘मलाई ग्यास्ट्रिक छ । खाजा खाने वेला भयो, छिटो हस्ताक्षर गर,’ सईले हप्कीदप्की गरेपछि हस्ताक्षर गरिदिइन् । कागज गराएर उनलाई एसपी डिल्लीराजसामु उपस्थित गराइयो । एसपीले पहिलेजस्तै हप्काए, ‘यो कुरा कतै बाहिर नजाओस् । आफ्नो मात्र होइन परिवारको पनि हेक्का राख्नु ।’ यति भनेपछि उनलाई बिदा गरियो । २३ साउनबाट उनले प्रहरीको फन्दाबाट मुक्ति पाएकी छिन्, तर त्यो यातनाले उनलाई तर्साइरहन्छ । नियमित क्याम्पस जान सकेकी छैनन् । तर, चरम यातना दिँदा पनि प्रहरीले हेमन्तीबाट चाहेजस्तो बयान लिन सकेन । उनले आफूले गर्दै नगरेको अपराध स्विकार्नै नसक्ने अडान दोहोर्‍याइरहिन् । उनकी सानिमा गीता भन्छिन्, ‘अल्ली हक्की छ । गल्ती गर्दिन र डराउँदिन पनि । अरू कुनै केटी भए निराशामा पुगेर अर्को दुर्घटना पनि हुन सक्थ्यो । प्रहरीको ज्यादती देखेर त हामी नै आत्तिसकेका थियौँ ।’ आमा मायाले थपिन्, ‘धन्न मेरी छोरी आँटिली थिई र यत्रो जुलुम सही । हाम्रो त परान निस्कन लागेको थियो ।’ यातना पाउँदा पनि उनले हिम्मत हारिनन् । पाँच दिनको धम्कीपूर्ण सोधपुछमा प्रहरीले उनलाई अनेकथरी प्रश्न गर्थे । अटो ड्राइभरकी छोरी, दुईकोठे घर भएकी तैँले मोबाइलमा पैसा कसरी हाल्छेस् रु फेसबुक कसरी चलाउँछेस् रु ‘तँ कहाँ छेस्, थाहा छ तलाई रु’ इन्स्पेक्टरले सोधेका थिए । उनको जवाफ थियो, ‘जिल्ला प्रहरी कार्यालयमा छु । एकजना इन्स्पेक्टरको सामुन्ने ।’ ‘तँलाई बिए, एमए पढ्न मन छैन ?’ ‘छ नि । मलाई त पिएचडी नै गर्ने मन छ ।’ ‘त्यसो भए हामीले भनेको किन मानिरहेकी छैनस् ? निर्मलाको बलात्कार र हत्यामा आफ्नो हात रहेको स्वीकार, नत्र जेलमा सडाइदिन्छौँ । अनि पढ्लिस् बिए ।’ निर्मलाले भनिन्, ‘मेरो कुनै गल्ती छैन । मलाई तपाईंहरूले कसरी जेलमा सडाउनुहुन्छ, हेरौँला ।’ कागज गराएर छाड्ने दिन ती इन्स्पेक्टरले भनेका थिए, ‘तिमीले हामीले भनेको मानेको भए यो केस उहिल्यै सल्टिन्थ्यो । अब कति दिन उल्झिने हो थाहा छैन । तर, तिमी हक्की रहिछौ, भविष्यमा नेता बन्ने छाँट छ ।’ हेमन्तीलाई प्रहरीले निकै कमजोर आधारमा पक्राउ गरी पाँच दिनसम्म यातना दिएको थियो । पहिलो आधार, हेमन्ती र निर्मलाको घर करिब तीन सय मिटरको दूरीमा छ । निर्मला हराएको दिन क्याम्पसबाट फर्कँदै थिइन् हेमन्ती । निर्मलाकी दिदी मनीषास“ग बाटैमा भेट भएको थियो, मनीषाले गणितको एउटा होमवर्कमा सघाउन आग्रह गरिन् किनकि मनीषा र हेमन्तीकी बहिनी भूमिका सहपाठी हुन् । हेमन्तीले भनिन्, ‘मेरो घरमा म फर्कने समय घडी हेरेर बसेका हुन्छन् । त्यसैले घरै आइज ।’ मनीषा उनको पछि लागिन् । घर पुग्नासाथ हेमन्तीलाई एउटा जरुरी कामका लागि बैंक जान अह्राए परिवारले । उनी खानै नखाई बैंकतिर लागिन् । मनीषा उनको घरमै बसिन् । सवा दुई बजेसम्म बैंकमै अलमल भयो । त्यसैबीच पानी दर्कियो र बाटोमा अडिइन् । घर पुग्दा पौने ३ भइसकेको थियो । प्रहरीको जिकिर रह्यो कि, ‘निर्मलामाथि बलात्कार र हत्या हुँदाको समयमा त्यो बाटोबाट हिँड्ने तँ पनि थिइस् । तलाई सबै थाहा छ, के–के गरिस् भन् रु’ तेस्रो कारण थियो हेमन्तीकी साथीको नाम पनि निर्मला हो । हेमन्ती र निर्मला धामी सहपाठी हुन् । निर्मला धामीस“ग कुरा गर्न उनका एक आफन्तले वेलाबखत हेमन्तीको मोबाइलमा फोन गर्थे । निर्मला पन्तको बलात्कारपछि हत्या हुनुभन्दा तीन दिनअघि हेमन्तीको मोबाइलमा निर्मला धामीका आफन्तले फोन गरेका थिए । हेमन्ती कक्षामा थिइन्, फोन साइलेन्ट मोडमा थियो । घर फर्केर मोबाइल खोल्दा मिस्डकल देखेपछि उनले म्यासेज लेखिन्, ‘निर्मला मसँग छैनन्, भोलि क्याम्पस समयमा फोन गर्नू ।’ स्कुल पढ्ने निर्मला र क्याम्पस पढ्ने निर्मलाबीचको भेद छुट्याउन नलागी प्रहरी हेमन्तीमाथि जाइलाग्यो । अझ म्यासेजमै ‘क्याम्पस’ समयमा फोन गर्नु भनिएको थियो । जब कि निर्मला पन्त स्कुलकी विद्यार्थी हुन् । निर्मला धामीका आफन्तलाई पनि प्रहरी कार्यालय ल्याएर धम्क्याउँदै केरकार गरियो । र अन्त्यमा दोष थोपर्न नसकेपछि सबैलाई छाड्न बाध्य भयो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy