Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनप्रति म्यान्मारको आपत्ति

याङ्गुन। संयुक्तराष्ट्र संघका अनुसन्धाताले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति म्यानमार सरकारले आपत्ति जनाएको छ । गएको सोमबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले एक प्रतिवेदन सार्वजनिक गर्दै म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरले रोहिङ्ग्यामाथि सामान्य ज्यादति मात्र नभई नरसंहार नै गरेको जनाएको थियो । साथै उक्त प्रतिवेदनले यस कार्यमा म्यान्मारका सैनिक प्रमुख दोषी देखिएकाले उनी र उनको कमाण्डमा रहेका अरु चार जना उच्च अधिकारीमाथि मुद्दा चलाउनुपर्ने समेतको निष्कर्ष निकालेको बताइएको थियो । तर म्यान्मारले उक्त आरोपको भने खण्डन गरेको छ । म्यान्मार सरकारले बुधबार यस्तो अरोपको कुनै आधार नरहेको बताएको छ । राष्ट्रसंघीय अधिकारीहरुले सोमबार प्रकाशन गरेको उक्त प्रतिवेदनपछि पनि म्यान्मारको यस घटनाको स्वतन्त्र र अन्तर्राष्ट्रिय रुपमा छानबिन गर्नुपर्ने जनाइएको थियो । संयुक्त राष्ट्रसंघकै तर्फबाट आधिकारिक रुपमा सोमबार यो प्रतिवेदन सार्वजनिक भएपछि म्यान्मार विश्वव्यापी रुपमा नै दबाबमा परेको छ । म्यान्मारको रखाइन राज्यमा गरेको निर्मम दमनबाट जोगिन गतवर्ष अगस्टदेखि यता करिब ७ लाख रोहिङग््या मुस्लिम समुदायका नागरिक भागेर बङ्गलादेश पुगेका छन् । उनीहरु अहिलेसम्म नै त्यहाँ आश्रय लिएर बस्न बाध्य भएका छन् । म्यान्मारको सेनाले नै उनीहरुमाथि ज्यादति गरेको र रोहिङग््यालाई पृथकतावादी भनेर उनीहरुको खोजीका नाममा मुस्लिम समुदायका घरमा अन्धाधुन्ध आगजनी, हत्या र बलात्कार समेत गरेको आरोप म्यान्मारको सेनामाथि लाग्दै आएको छ । तर यस आरोपको म्यान्मारले विरोध गरेको छ । यसरी गरिएको भनिएको यो जातीय सफायाको आरोपको म्यान्मारले बारम्बार खण्डन गर्दै आएको छ । म्यान्मारले भने रोहिङग्या विद्रोही भएको र उनीहरुले नै गरेको आक्रमणको जवाफ मात्र दिएको बताउँदै आएको छ । म्यान्मार सरकारका प्रवक्ता जा हतेले भने– हामीले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदले सार्वजनिक गरेको भनिएको प्रतिवेदन स्वीकार गर्दैनौँ किनभने हामीले हाम्रो देशको यो आन्तरिक मामिलामा अनुसन्धान या केही गर्न उनीहरुलाई भनेका छैनौँ । उहाँले म्यान्मार सरकारले आफै एक स्वतन्त्र छानबीन समिति गठन गरेर काम थालेको बताउँदै यदि कोही दोषी पाइएमा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । तर संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले अनावश्यक रुपमा म्यानमारमाथि दोष लगाउने गरेको उनको भनाई थियो । म्यानमार सरकारले अहिले पनि यस विषयको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघीय अधिकारीहरुलाई रोक लगाएको छ । म्यान्मारका सेनाप्रमुख मीन आङ हाइङ समेतका उच्च सैनिक नेतृत्वमाथि छानबिन गरी कारबाही गर्नुपर्ने भनी आएको समाचारप्रति उनले विरोध जनाएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मार्च, २०१७ मा गठन गरेको एक मिसनले सोमबार सो प्रतिवेदन सार्वजनिक गरेको हो । म्यान्मारको सेनाका उच्च कमान्डरलाई उक्त प्रतिवेदनले दोषी देखाएको छ । तर राष्ट्रसंघीय अनुसन्धातालाई म्यान्मारमा पुगेर अनुसन्धान गर्न भने रोक लगाएको थियो । तर पनि उक्त मिसनका अनुसन्धाताले ८५७ जना पीडित र प्रत्यक्षदर्शीसँग अन्तर्वार्ता लिएका थिए । उक्त मिसनका अधिकारीहरुले भू–उपग्रहीय तस्वीर, अरु तस्वीरहरु समेत लिएर पीडितहरुको पनि अन्तर्वार्ता गरेका थिए । साथै संलगन अरु भिडियोका आधारमा आफूहरुले निष्कर्ष निकालेको उनीहरुले बताएका छन् । रासस÷एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy