Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

अस्ट्रेलियाकी सांसद भन्छिन्– महिला सांसदमाथि संसदभित्रै अपमान

काठमाडाैं । अस्ट्रेलियाकी एक महिला सांसदले संसद्भित्रै महिलामाथि अनावश्यक डर, धम्की र अपमान हुने गरेको गुनासो गरेकी छिन् । सोही कारण आफूले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने उनले बताएकी छिन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - जुलिया बैंकसले अस्ट्रेलियाको राजनीति र समाजमा लैंगिक विभेद हुने गरेको बताएकी हुन् । पछिल्लो समयमा अस्ट्रेलियाका पुरुष सांसदले आफूहरूप्रति घृणाभाव देखाएको विभिन्न महिला सांसदहरूले बताइरहेका वेला बैंकसका धारणा सार्वजनिक भएको हो । मेलबर्नबाट प्रतिनिधित्व गरेकी लिबरल पार्टी सांसद बैंकसले आफूलाई विभेद गरिएको विशेष घटनाबारे भने केही बताइनन् । तर, विज्ञप्तिमा भनेकी छिन्, ‘पुरुषहरूको खराब स्वभावको जहिले पनि विरोध गर्नेछु र महिलामाथि हुने जुनसुकै हिंसा स्वीकार्य छैन । यस्तो हिंसा मेरो आफ्नै पार्टी र लेबर पार्टीमा महसुस गरेकी छु ।’ अस्ट्रेलियाली महिलाहरूले अनेकौँ पीडा सामना गरिरहेको उनको भनाइ छ । ‘तर, पछिल्ला १२ महिना विश्वले निकै साहसी महिला देखेको छ,’ उनले थपिन् । उनको टिप्पणीपछि विभिन्न राजनीतिज्ञले अनेक टिप्पणी गरेका छन् । नवनियुक्त प्रधानमन्त्री स्कट मोरिसनले महिलामाथि हुने कुनै पनि विभेद आफूलाई स्वीकार्य नभएको बताएका छन् । त्यस्तै, महिलामन्त्री केली ओडेयरले पसल वा संसद्, जुनसुकै कार्यस्थलमा हुने हिंसा अस्वीकार्य भएको बताइन् । यसअघि महिला सांसदहरूलाई अवसर नदिएको भन्दै सन् २०१३ मा टोनी अबोट सरकारको आलोचना भएको थियो । १९ सदस्यीय मन्त्रिमण्डलमा अबोटले केवल एक महिलालाई मन्त्री बनाएका थिए । लेबर पार्टीभित्र पनि लैंगिक हिंसा हुने गरेको केही दिनअघि सार्वजनिक भएको थियो । लेबर पार्टीआबद्ध एक महिला सांसदले पुरुषको हिंसाले आफ्नो करिअर समाप्त भएको बताएकी थिइन् । सन् २०१२ मा संसद्मा गरेको सम्बोधनमा अबोटले महिलामाथि घृणा गरेको तत्कालीन प्रधानमन्त्री जुलिया गिलार्डले गुनासो गरेकी थिइन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy