Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

पहिरोमा परेर १४ जनाको मृत्यु

जाजरकोट। जिल्लाका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौँको धनमाल र भौतिक संरचना नष्ट भएको छ । गत साउन ४ गते पहिरोले जुनीचाँदे गाउँपालिका–६ का भक्तबहादुर बुढाको घर पुरिँदा उनकी श्रीमती लली र ९ वर्षीया छोरी सिर्जनाको मृत्यु भयो । भक्तबहादुरसहित तीन जना घाइते भए । पहिरोबाट बुढाको रु ७ लाख ७५ हजार बराबरको सम्पत्ति नष्ट भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । समितिले मृतकका आफन्तलाई जनही रु १ लाख तथा पीडित परिवारलाई रु १० हजार उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कर्णाली प्रदेश सरकारले मृतकलाई रु २५ हजार तथा जुनीचाँदे गाउँपालिकाले रु २५ हजार राहत उपलब्ध गराएको छ । यस्तै गत साउन २० मा पहिरोले भेरी नगरपालिका–३ मा २५ वर्षीया शितली लुहार, १० वर्षीया रञ्जना लुहार, सात वर्षीया मनिषा लुहार, तीन वर्षीया भगवती लुहार, पाँच वर्षीया नज्मा बोहरा, १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, पाँच वर्षीय दशरथ परियार र ११ वर्षीय गोविन्द परियारको मृत्यु भयो । पहिरोबाट नो परिवारको रु २५ लाख बराबरको सम्पत्ति क्षति भयो । मृतकका परिवारलाई विपद् व्यवस्थापन समितिले जनही रु १ लाख, घरधनीलाई जनही रु २५ हजार, जोखिममा परेकालाई अवस्था हेरी रु ८ हजारदेखि रु १५ हजारसम्म राहत उपलब्ध गरायो । कर्णाली प्रदेश सरकारले जनही रु २५ हजार, समाजसेवी तथा निर्माण व्यवसायी रत्नबहादुर खड्काले जनही रु ३० हजार र उद्योग वाणिज्य सङ्घले रु २२ हजार ५०० उपलब्ध गरायो । आमाबाबु गुमाएका आठ वर्षीय सुरेन्द्र परियारको लालनपालन, शिक्षाको व्यवस्था गर्ने गरी उनलाई एसओएस बालग्राम सुर्खेतमा भर्ना गरिएको प्रजिअ बस्नेतले बताए । यसैगरी गत साउन २८ गते बाढीले नलगाड नगरपालिका–७ का उमेश शाहीको मृत्यु भयो । सो नगरपालिकाका विभिन्न वडामा आएको बाढी, पहिरो र भू–क्षयबाट २६ घर पूर्णरुपमा क्षति तथा २५ घरमा आंशिक क्षति पुगेको थियो । बाढी पहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बयासी ८२ परिवार जोखिममा छन् । बाढी पहिरोले १०६ रोपनीमा लगाएको धान, मकै र अलैँची पूर्णरूपमा नष्ट भएको छ । नलगाडमा रु १६ करोडको सम्पत्ति तथा भौतिक संरचना नष्ट भएको छ । नगरपालिकाले मृतकको परिवारलाई जनही रु एक लाख, विस्थापितलाई रु ५० हजार, घर आंशिक रूपमा क्षति भएकालाई जनही रु २० हजार राहत वितरण गरिएको छ । यही भदौ २ गते जुनीचाँदे गाउँपालिका–४ का पाँच वर्षीय महेश चदाराको बाढीले बगाएर तथा भेरी नगरपालिका–१ की १३ वर्षीया पुष्पा चदाराको बाढीले बगाएर मृत्यु भयो । उनीहरुलाई विपद व्यवस्थापन समितिले रु एक÷एक लाख उपलब्ध गराइएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy