Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

विदेशमा चम्किँदै नेपाली ब्रान्ड, भुटानी सुरक्षाकर्मीले लगाउँछन् 'गोल्डस्टार'

काठमाडौं । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ - वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । चाउचाउ वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ । बंगलादेश, साउदी अरेबियालगायत मुलुकमा पनि उत्पादनको तयारी भइरहेको छ । गोल्डस्टार नेपाली बजारमा संसारभरका जुत्ता स्थापित भइरहेका वेला भारतीय जुत्ता बजारमा नेपालको गोल्डस्टार प्रतिस्पर्धी ब्रान्ड बनेको छ । उत्पादनको झण्डै ८० प्रतिशत भारत प्रतिशत निर्यात हुन्छ । भारतबाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलियामा पनि निर्यात हुने गरेको छ । सुन्दा आश्चर्य लाग्न सक्छ, भुटानी सुरक्षाकर्मीले गोल्डस्टार जुत्ता लगाउँछन् । हिमालयन जाभा कफी पिउने पश्चिमा संस्कृति हो । हिमालयन जाभाले नेपालमा कफी पिउने संस्कृतिको विकास गर्यो । दुई दशकअघि ठमेलबाट सुरु भएको हिमालयन जाभा आक्रामक आउटलेट विस्तारमा लागिपरेको छ । देशभित्र दुई दर्जन ठाउँमा जाभाका आउटलेट र फ्रेन्चाइज फैलिसकेका छन् । रमाइलो पक्ष के भने पश्चिमा संस्कृति भित्र्याउने जाभा अहिले धमाधम पश्चिमा मुलुकमै फैलिरहेको छ । खुकुरी रम विदेशी रक्सी रुचाउने नेपालीको संख्या कम छैन । तर, नेपाली ब्रान्ड खुकुरी रम भने विदेशमा लोकप्रिय छ । विदेशमा खुकुरी रम नेपाल चिनाउने ब्रान्ड बनेको छ । खुकुरी रम जर्मनी, बेल्जियम, जापान, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, युएई, इटालीलगायत दर्जन मुलुकमा पुग्छ । बाजेको सेकुवा सन् १९७६ मा दीनानाथ भण्डारीले पाँचसय लगानीमा एयरपोर्टअगाडि खुल्ला चौरमा सेकुवा पोलेर ब्यबसाय सुरु गरेका थिए । त्यही व्यवसाय बाजेको सेकुवामा परिणत भयो, अहिले १४ वटा आउटलेट खोलिसकेको छ । अमेरिकाको न्युयोर्कस्थित क्विन्समा पनि खुलेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy