Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

हृदयघातबाट जोगिने उपाय

काठमाडौँ । उच्च रक्तचापलाई अहिले घरघरकै समस्या भएको छ। विलासी जीवनशैली, शारीरिक अभ्यासको कमी र जथाभावी खानपानका कारण रक्तचापको समस्याले युवावयमै धेरैलाई पिरोल्दै आएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. केसीका अनुसार मुटुले रगत पम्प गर्दा धमनीमा सिर्जित चापलाई नै रक्तचाप भनिन्छ। उच्च रक्तचापले मुटुमा भार बढाउने, हृदयघात, स्ट्रोक, मिर्गौलामा असर पुर्‍याउनुका साथै आँखामा समेत असर पुर्‍याउँछ। आवश्यकताअनुसार रक्तचापको अवस्था जाँच गरिरहनुपर्ने सुझाव डा. केसीको छ। रगतमा दुई किसिमको कोलेस्टेरोल हुन्छ। एउटा असल कोलेस्टेरोल ( एचडीएल) अर्को– खराब कोलेस्टेरोल (एलडीएल)। डा. केसीका अनुसार खराब कोलेस्टेरोलले रक्तनली अवरुद्ध (जाम) गरी बन्द गराउँछ। जसले गर्दा ह्रदयघात वा स्ट्रोक गराउने जोखिम हुन्छ। असल कोलेस्टेरोलले ह्रदयघात हुनबाट बचाउँछ। त्यसैले यो पनि व्यक्तिको आवश्यकताअनुसार वा विशेषज्ञको सल्लाहअनुसार रगतमा कोलेस्टेरोलको मात्रा केकति छ ? सम्बन्धित चिकित्सकसँग परामर्श गरी जानकारी लिइ सजग हुनुपर्छ। यसको जाँच गरेपछि रगतमा तीन महिनासम्मको औसत चिनीको मात्रा थाहा पाउन सकिन्छ। रगतमा चिनीको मात्रा धेरै भएमा मुटु, मस्ष्तिक, रक्तनली, मिर्गौलालगायतका अंगमा असर पुग्छ। हृदयघात हुने लक्षण छाती दुख्नु/भारी हुनु, मुटु पोल्नु, वाकवाकी र बान्ता हुनु, अधिक पसिना आउनु, थकान महसुस हुनु, बंगारा, घाँटी र पाखुरा दुख्नु, सास फेर्न गाह्रो हुनु। कस्तो खाना खाने ? फाइबर (रेसा) भएको खाना खाने, होल ग्रेन, गेडागुडी, दाल, फलफूल, हरिया सागसब्जी, वनस्पतिको तेल घिउ, नरिवलको तेल सक्दो कम गर्ने आइसक्रिम, कुकिज, चाउचाउ, बट्टाको जुस आदि प्रशोधित खाना कम खाने खानामा नुनको प्रयोग कम गर्ने तारेका, भुटेका भन्दा उसिनेका, पोलेका खानेकुरा खाने

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending