Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

निर्मला हत्या प्रकरणः विश्वस्त छैन परिवार ‘सबै फोटो खिचाउन मात्र आएजस्तो गर्छन् !'

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ - भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्‍याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे । ‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो ?’ आमा दुर्गादेवीले प्रश्न गरिन् । प्रत्युत्तरमा मन्त्री मगरले दोषी खोजेरै छाड्ने आश्वासन दिइन । दुर्गादेवीका आँखा रसाइरहेका थिए । यो देखेर मगरले पनि आँसु थाम्न सकिनन् । ‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु,’ उनले भनिन्, ‘छानबिन अघि बढेको छ, हिम्मत नहार्नुस् ।’ पहिलेको अनुसन्धानमा प्रहरी नै प्रमाण मेट्न संलग्न पाइएकाले अब पनि त्यस्तै हुने हो कि भन्ने शंका रहेको दुर्गादेवीले बताइन् । ‘अहिले जताततै प्रमाण मेटिएको कुरा बाहिर आएको छ, तर प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको देखिँदैन,’ उनले भनिन्, ‘प्रमाण मेटाउनेहरूमाथि पनि कारबाही होस, तब मात्र सही अनुसन्धान हुने आशा गर्न सकिन्छ ।’ घटनापछि भेट्न आएका मन्त्री, नेता र जनप्रतिनिधिले दोषी पत्ता लगाउन पहल गर्ने आश्वासन दिए पनि उनी विश्वस्त छैनन् । ‘दोस्रो पटक अनुसन्धान सुरु गरेकै १० दिन पुगिसक्यो, अझै केही पत्ता लागेको छैन,’ दुर्गाले भनिन् । मन्त्री मगरसँगै शनिबार प्रतिनिधिसभा सदस्यहरू दीपकप्रकाश भट्ट, निरु पाल र प्रदेशसभा सदस्य प्रकाश रावल पीडित परिवारलाई भेट्न पुगेका थिए । ‘अहिले नेता आउने क्रम बढेको छ तर हाम्रा कुरा नसुनी फर्किन्छन्,’ स्थानीय रामचन्द्र शाहले भने, ‘सबै फोटो खिचाउन मात्र आएजस्तो गर्छन् ।’ शनिबार पनि स्थानीयले मन्त्री मगरसँग केही कुरा राख्न खोज्दा उनी हतार छ भन्दै निस्किइन् । जिल्ला प्रहरी कार्यालयले भने अनुसन्धान जारी रहेको जनाउँदै आएको छ । पक्राउ गरिएका बम दिदीबहिनीसँग बयान लिने काम भइरहेको डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy