Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

नेकपाको बैठक अनिश्चित : सरकारको समीक्षा एजेन्डा अलपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक दोस्रोपटक अनिश्चित बनेको छ । पार्टीका तल्ला कमिटी र जनसंगठनको एकीकरण टुंगो लगाउन १८ र १९ भदौका लागि डाकिएको स्थायी समिति बैठक गृहकार्य नपुगेको भन्दै पुनः स्थगित हुन लागेको हो । यसअघि गत ८ र ९ गते डाकिएको बैठक समयको चापले गर्दा गृहकार्य पूरा हुन नसकेको भन्दै स्थगित भएको थियो । ‘केही तयारीका काम बाँकी रहेकाले भोलिका लागि डाकिएको स्थायी समिति बैठक केही दिनका लागि पर सर्दै छ,’ महासचिव विष्णु पौडेलले नयाँ पत्रिकासँग भने, ‘हामी छिटोभन्दा छिटो एकीकरणको काम टुंगोमा पुर्‍याउँछौँ ।’ पर्याप्त गृहकार्य पछि मात्रै बैठक साताव्यापी अमेरिका भ्रमणमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल २० भदौमा मात्र स्वदेश फर्किँदै छन् । अध्यक्ष प्रचण्ड पनि २२ भदौमा भारत जाँदै छन् । राजनीतिक भ्रमण पूरा गरेर उनी स्वदेश फर्किएपछि मात्र पर्याप्त गृहकार्य गरेर बैठक बोलाइने स्रोतले जनाएको छ । एकीकरण कार्यदलको सिफारिसलाई लिएर असन्तुष्टि बढेपछि अध्यक्ष ओली र नेता नेपालबीच पर्याप्त गृहकार्यपछि मात्र बैठक बोलाउने सहमति भएको स्रोतको भनाइ छ । ‘उहाँहरूबीच नेपाल अमेरिकाबाट फर्किएपछि पर्याप्त छलफल गरेर मात्र बैठक बोलाउने सहमति भएको छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो । बैठक सारियो, तर बोलाइएन स्थायी समिति बैठकमा सरकारको कामको समीक्षा एजेन्डामा छलफल सुरु भए पनि सबै सदस्यले करिब दुई महिनादेखि औपचारिक धारणा राख्न पाएका छैनन् । २१ असारमा बसेको स्थायी समिति बैठकमा सरकारको कामको समीक्षा एजेन्डा राखिएको थियो । तर, नेताहरूले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना सुरु गरेपछि अध्यक्ष प्रचण्डले त्यस निम्ति छुट्टै बैठक आयोजना हुने भन्दै बैठक बीचैमा टुंग्याएका थिए । तर, त्यसयता करिब दुई महिना पुग्न लाग्दा पनि नेकपाले सरकारको कामको समीक्षा एजेन्डामा औपचारिक छलफल गरेको छैन । स्थायी समिति बैठक बस्न ढिलाइ हुँदै गएपछि कतिपय नेताहरूले आफ्ना धारणा सुझाबका रूपमा सामाजिक सञ्जालबाट राखेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending