Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रदेश राजधानीसम्बन्धी रिट खारेज गर्न माग

काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठ र प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानीका सम्बन्धमा परेको रिट निवेदन खारेज गर्नुपर्ने जिकिरसहित लिखित जवाफ पेस गरेका छन् । उच्च अदालत पाटनको हेटौँडा इजलासमा २७ असारमा अधिवक्ता ध्रुवप्रसाद चौलागार्इंले दर्ता गराएको रिट निवेदनउपर न्यायाधीश चिन्तामणि बरालको इजलासले २८ असारमा लिखित जवाफ पेस गर्न आदेश दिएका थिए । ‘संविधानको धारा १८७ मा प्रदेश सभाको विशेषाधिकारसम्बन्धी व्यवस्था रहेको र सोही धाराको उपधारा (२) मा संविधानको अधिनमा रही प्रदेश सभालाई आफ्नो काम, कारबाही र निर्णय गर्न पूर्णअधिकार रहने तथा प्रदेश सभाको कुनै काम कारबाही नियमित छ/छैन भनी निर्णय गर्ने अधिकार प्रदेश सभालाई मात्र हुने,’ पौडेल र श्रेष्ठको दाबी छ । विपक्षी बनाउनुपर्ने कारण छैन : बानियाँ प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले दिएको जवाफमा भने विपक्षी दलको नेतालाई विपक्षी बनाउनुपर्ने कुनै कारण नभएकाले रिट निवेदनको कानुनी औचित्य नभएको उल्लेख गरेका छन् । विपक्षीले रिट निवेदकसमेतको सार्वजनिक हकहित र सरोकारको सम्बन्धमा असर पर्ने कार्यसमेत नगरेको दाबी बानियाँको छ । अन्यलाई १५ दिन म्याद थप अन्य विपक्षीलाई दिइएको १५ दिने म्याद समाप्त भएको छ । अब थपिएको १५ दिनभित्र जवाफ पेस गर्नुपर्नेछ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति हेटौँडा, प्रदेश राजधानी अध्ययन समिति हेटौँडा, नेपाल कम्युनिस्ट पार्टी संसदीय दल, विवेकशील साझा पार्टी संसदीय दल, राप्रपा संसदीय दल, नेमकिपा संसदीय दल र नयाँ शक्ति पार्टी संसदीय दलको कार्यालय हेटांँडालाई समेत रिट निवेदनमा विपक्ष बनाइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy