Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

गाउँपालिकामा पहिलो पटक विद्युतीकरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको विद्युतीकरण योजनाबाट २०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले जानकारी दिए । गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु २८ लाख उपलब्ध गराएको विद्युतीकरण योजनाका लागि विद्युत् प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराएको थियो । उपभोक्ता समितिको रु ९५ हजार लगानी भएको छ । २०० घरधुरी उपभोक्ताले पोल, तार ढुवानी र पोल गाड्ने खाडल खन्नका लागि तीन दिनका दरले रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष रिमप्रकाश थापाले बताए । उपभोक्ताको घरमा विद्युत्को मिटर जडान गर्न स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समूहले अनुदान उपलब्ध गराएको छ । प्रतिघर रु एक हजार सात सयका दरले अनुदान दिइएको समूहका अध्यक्ष रेशमबहादुर थापाले बताए । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि धारापानीवासी खुशी र उत्साहित भएका छन् । यसअघि उज्यालोका लागि उनीहरु सोलार र टुकीमा निर्भर थिए । उज्यालोका साथै टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नं ७ मा पर्ने अन्य बस्तीमा पनि विद्युत् सुविधा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ । केन्द्रीय विद्युत् विस्तारका लागि रु ८० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कलानिधि सुवेदीले बताए । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy