Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

वर्षाका कारण नेपाल र सिंगापुरबीचको खेल रोकियो 

काठमाडौं । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाका कारण रोकिएको छ । १५२ रनको विजयी लक्ष्य पाएको नेपालले ७ ओभरमा ३४ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । यसअघि सिंगापुरले ४१।५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५१ रन जोड्न सक्यो । युकेएम ओभल मैदानमा खराब सुरुवात गरेको सिंगापुरले १८ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। सोमपाल कामीले प्रारम्भिक ब्याट्सम्यान अर्जुन मुत्रेजालाई शन्य र रोहन रंगराजन ८ रनलाई गर्दा ललितनारायण राजबंशीले अरिता दत्तालाई ८ रनमा आउट गरेपछि सिंगापुर नाजुक अवस्थामा पुगेको थियो। ३ विकेट गुमेपछि चौथो विकेटको लागि कप्तान चेतन सूर्यबंशी र अनिश परमले चौथो विकेटकको लागि ८० रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए। सूर्यबंशीले ६१ रन बनाउने क्रममा ८८ बलमा १ छक्का र ८ चौका तथा अनिशले ३१ रन बनाउन ६७ बलमा २ चौका प्रहार गरे। अनिशलाई दिपेन्द्र ऐरीले २७ औं ओभरमा रन आउट गरेपछि सूर्यबंशीलाई पनि ललित राजबंशीले एलबिडब्लु गरे । त्यसपछि भने सिंगापुरले लगातार विकेट गुमाउन थाल्यो। सिंगापुरलाई सस्तैमा रोक्ने क्रममा सन्दिप लामिछाने र ललितनाराण राजवंशीले उत्कृष्ट बलिङ गरे । दुवैंले समान ३ ३ विकेट लिए । यस्तै, सोमपाल कामीले २, पारस खड्का र बसन्त रेग्मीले समान १(१ विकेट लिन सफल भए । नेपालले केही बेरमा जावाफी ब्याटिङ गर्ने छ । प्रतियोगिताको फाइनल पुग्दै एसिया कप खेल्ने सपनालाई कायम राख्न नेपाललाई खेल जित्नै पर्ने दवाब रहेको छ । यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स ९युएई० मा संचालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनोट प्रतियोगितामा भागलिंदै छन् । प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हङकङ, ओमान र सिंगापुर भिड्दै छन् । यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह ‘ए’ मा रहेर भारत र पाकिस्तानसंग समूह चरणमा खेल्ने मौका प्राप्त गर्ने छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies