Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

लिक बन्यो, रेलै छैन

काठमाडौँ । आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो- भेटको मुख्य एजेन्डा नै रेल बन्यो। आजको अन्नपुर्ण पोस्ट दैनिकमा यो खबर छ - नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन। सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने÷नहुने अन्योल बढेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए। तीन डिब्बासहितको नयाँ रेल किन्दा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ। त्यसैले डिब्बा भाडामा लिने केही अधिकारीको राय छ। केही प्राविधिकलाई प्रशिक्षणसमेत दिने ‘प्याकेज’ मा भाडामा डेढ वर्षका लागि लिनुपर्ने अन्य अधिकारीको धारणा छ। दुई देशीबीच रक्सौल-काठमाडौं रेलमार्गको अध्ययन गर्ने सहमति भएको छ। तर, साइडलाइन वार्तामा दुई प्रधानमन्त्रीबीच लिक बनिसकेको जयनगर-जनकपुरमा रेल सञ्चालनमा बढी कुरा भएको स्रोतले जनायो। दुवैले यसमा गम्भीर चासो देखाउँदै छिटो सञ्चालनका लागि आफ्ना मातहतलाई निर्देशन दिए। प्रधानमन्त्री मोदीको भनाइ उद्धृत् गर्दै एक अधिकारीले भने, ‘रक्सौल-काठमाडौं रेलको काम अघि बढ्नेछ। तर जयनगरबाट जनकपुर हँुदै बर्दिबास आउने रेलको काम के भएको छ ? त्यो रेलमार्ग जहाँसम्म पुगेको छ, त्यहाँसम्म कुनै ‘मोडालिटी’ तय गरेर रेल सञ्चालन गर्न आवश्यक छ। यसमा ढिलाइ नगरौं।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy