Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

भूकम्पपीडितको घर वडा कार्यालयले बनाइदिने

सोलुखुम्बु । भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिने भएको छ । थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको हो । प्यारालाइसिसले ग्रसित ६५ वर्षीया राईको एक मात्रा जीवनको सहारा छोरा भए पनि उनीसमेत सुस्त भएकाले घर निर्माणमा समस्या भएपछि वडा कार्यालयले सहयोग गर्ने भएको हो । वडाध्यक्ष भुपाल सिं राईले भने, “भूकम्पले घर ध्वस्त बनाएर अनुदान पाए पनि अनुदान लिन र बनाउनका लागि सहजीकरण गर्ने कोही छैन ।” उहाँको एक जना डल्ले नाम गरेको छोरा छन्, उनी पनि सुस्त, आफू पनि हिँडडुल गर्न सक्नुहुन्न गाउँमा कसैले पनि पत्याउँदैनन् त्यसैले वडाले सहयोग गर्न लागेको हो । चार जना छोराछोरीकी आमा पीडित राईको श्रीमान्को समेत ३० वर्ष अघि नै मृत्यु भएको थियो । एक छोरा र दुई छोरीसमेत कहाँ छन् भन्ने कुनै टुङ्गो छैन । उहाँको करीब दुई रोपनी जग्गा छ भने भएको एक तले घरसमेत भूकम्पले क्षति पु¥याएपछि थप समस्या थपिएको छ । अधिकांशले घरको डिपिसी सकेर दोस्रो तथा तेस्रो किस्तासमेत लिइसकेको अवस्थामा पीडित राईले वडाध्यक्षको सहयोगमा भर्खर पहिलो किस्ताबापतको अनुदान रकम बुझ्नुभएको छ । करीब तीन वर्षयता प्यारालाइसिसको बिरामी भएपछि हिँडडुल गर्न समस्या भएको रत्नकुमारी राईको भनाइ छ । “रकम भए पनि कामदार लगाउनसक्ने क्षमता नभएपछि भूकम्प प्रतिरोधी घर वडाले निर्माण गरिदिने भएको हो”, वडा अध्यक्ष राईले भन्नुभयो, “घर निर्माणका लागि अनुदानको रकम अपुग भए वडाले व्यवस्था गर्नेछ ।”

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy