भाद्र १९ गते, २०७५ मगलवार 4th September, 2018 Tue०९:१९:०६ मा प्रकाशित
काठमाडौँ । जताततै सडक निर्माण भएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । लमजुङको बेँसीसहरदेखि हिमाली जिल्ला मनाङको चामेसम्म सीधै मोटर सञ्चालन भएपछि पदमार्ग क्षेत्रका होटेल व्यवसाय संकटमा पर्न थालेका छन् ।
मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका दिनेश घिमिरेले २५ वर्षदेखि गाउँमै होटेल माउन्टेन भ्यु सञ्चालन गर्दै आएका छन् । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उनको होटेलमा आठ वर्षअघिसम्म पर्यटकको चहलपहल निकै थियो । तर, अहिले उनको होटेलमा पर्यटक आउनेक्रम घटेको छ । उनको होटेलमा वास बसेर जाने पर्यटक यतिवेला सीधै जिपमा मनाङ जाने गर्छन् ।
आम्दानी घट्दा चिन्ता
२० वर्षदेखि बाहुनडाँडामा होटेल सुपर भ्यु सञ्चालन गर्दै आएकी पारु कतिला होटेल चलाउने कि बन्द गर्ने भन्ने दोधारमा छिन् । सात वर्षअघि पर्यटक अट्न नसक्ने उनको होटेलमा अहिले दैनिक दुई–तीनजना पर्यटक पनि आउँदैनन् ।
‘विगतमा पर्यटकको चहलपहल हुँदा एकै सिजनमा नौ लाख रुपैयाँसम्म कमाइ हुन्थ्यो,’ पारुले भनिन्, ‘अहिले वर्षमा एक लाख कमाउन पनि मुस्किल छ । घर–व्यवहार चलाउनै गाह्रो हुन थालिसक्यो ।’
उनी मात्र होइन, मस्र्याङ्दी–४ ताघ्रिङ घट्टेघोलास्थित होटेल वाटरफल भ्युका सञ्चालक आशबहादुर विकको समस्या पनि उस्तै छ । ‘सिजनमै पनि पर्यटक होटेलमा नबसी जिपमा सीधै चामेतिर लाग्छन्,’ उनले भने, ‘पहिले–पहिले दिनमै चार सयसम्म पर्यटक आउँथे । अहिले पर्यटक आउन छाडे, व्यवसाय पनि घट्योे ।’ पर्यटक आउन छाडेपछि धेरैले होटेल व्यवसाय छोड्दै गएका छन् । मस्र्याङ्दी–५ घेर्मु थानीगाउँका होटेल पिसफुलका सञ्चालक दीर्घ गुरुङ पनि व्यवसाय गर्ने कि नगर्ने दोधारमा छन् ।
चक्रीय पदमार्ग
बेँसीसहरदेखि मनाङ, मुस्ताङ, म्याग्दी हुँदै पोखरा पुगेर टुंगिने २१ दिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिवेला संकटमा परेको छ । अहिले चक्रीय अन्नपूर्ण पदमार्ग पर्यटकले एक सातादेखि १० दिनसम्म सजिलै पार गर्न सक्छन् ।
म्याग्दीदेखि मुस्ताङको मुक्तिनाथसम्म सडक निर्माण भइसकेको छ । चक्रीय पदमार्ग संकटमा परेपछि वैकल्पिक पदमार्ग निर्माणका लागि होटेल तथा व्यवसायी जुटेका छन् ।
व्यवसाय ७० प्रतिशतले घट्यो
मोटरबाटो बनेपछि आफ्ना क्षेत्रमा आउने पर्यटक ७० प्रतिशतले कमी आएको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेस्थित होटेल वाटरफलका सञ्चालक नरबहादुर गुरुङले बताए । उनले भने, ‘पदमार्गमा सडक नबन्दा पाँच दिनमा पर्यटक मनाङको चामे पुग्थे । अहिले काठमाडौं अथवा पोखराबाट आएका पर्यटक एकै दिनमा चामे पुग्ने गरेका छन् ।’
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: