Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

प्रतिनिधिसभाको शुन्य समयः कुन सांसदको के माग ?

काठमाडौँ । प्रतिनिधिसभामा सांसदले विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले पछिल्लो बाढी पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँचको मृत्यु भएकाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरे । सांसद तीलबहादुर महत क्षेत्रीले चितवन र नवलपरासी जिल्लामा हुलाकी राजमार्ग निर्माणलाई तीव्रता प्रदान गर्न आग्रह गरे । सांसद तेजुलाल चौधरीले शान्तिपूर्ण आन्दोलनमा रहेका जनतालाई बर्दियामा प्रहरीले धरपकड गरेर लोकतन्त्रकै धज्जी उडाउने काम गरेको हुँदा त्यस्तो कार्यलाई तत्काल रोक्न सरकारलाई सुझाव दिए । सांसद दलबहादुर रानाले सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेका कानून बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । सांसद दिलेन्द्रप्रसाद बडूले त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गर्ने वार्षिक परीक्षाको प्रश्नपत्र परीक्षा हुनु अघि नै सार्वजनिक गर्नेलाई कारवाही गर्न र पोखरा विश्वविद्यालयमा भएको अनियमितताको छानबिनको माग गरे । सांसद देवप्रसाद गुरुङले काठमाडाँैमा २४ मुलुकका सैनिकको अभ्यास हुँदै आएको सूचना प्राप्त भएकाले त्यो कार्य हाम्रो परराष्ट्र नीतिअनुरुप छ कि छैन भनी प्रश्न गरे । सांसद देवप्रसाद तिमिल्सिनाले लामो समयदेखि उखु किसानले चिनी मिलबाट भुक्तानी पाउन नसकेकाले त्यसका लागि पहलका गर्न माग गरे भने सांसद देवेन्द्र पौडेलले कालीगण्डकी कोरिडोर सडक निर्माणको कामलाई तीव्रता दिने ढङ्गबाट काम अघि बढाइयोस् भने । सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक पटकपटक अवरुद्ध हँुदै आएकाले पहिरो हटाएर अविलम्ब सहजरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरे । सांसद नारायणप्रसाद मरासिनीले प्रदेश नं ४ र प्रदेश ५ नं लाई जोड्ने कालीगण्डकीमाथि रहेको राम्दी पुल जीर्ण अवस्थामा रहेकाले तत्काल मर्मत सुधार होस् भने । सांसद पदम गिरीले पर्वत जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट पुलमा क्षति पु¥याएकाले तत्काल मर्मत सुधारका लागि माग गरे । सांसद पार्वता डिसी चौधरीले लामो समयदेखि सञ्चालनमा आउन नसकेको राप्ती विज्ञान प्रतिष्ठानलाई अब तत्काल सञ्चालनमा ल्याइयोस् भने । सांसद पार्वतीकुमारी विङ्खेले दैलेख भएर हिमाली जिल्ला जोड्ने कर्णाली राजमार्गमा लामो समयदेखि शिलान्यास भएर पनि अलपत्र अवस्थामा राख्ने ठेकेदारलाई कारवाही गर्न र पुल निर्माणलाई अघि बढाउन माग गरे । सांसद पूर्णकुमारी सुवेदीले अहिले नेपाली जनताले शान्ति र विकास खोजे पनि विकासको गति अलमल भएको अवस्थामा रहेकाले नयाँ योजना बनाएर विकास र समृद्धिलाई अघि बढाइयोस् भभने । सांसद प्रकाश रसाइलीले मुलुकी फौजदारी अपराध संहिताले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाएको बताउँदै संशोधन गर्न माग गरे । सांसद प्रतिमा राईले कटारीबाट घुर्मी जाने सडक क्षेत्रमा पार्किङ शुल्कका नाममा गैरकानूनी काम भएकाले त्यसलाई रोक्न माग गरिन् । सांसद प्रमोद शाहले मुलुकभर युरिया मलका लागि किसानले निकै कठिनाइ भोग्नु परिरहेको अवस्थालाई अत्यन्त गर्न र कालीमाटी तरकारी बजारका स्टल बिचौलीयाको ठूलो आम्दानीको स्रोत बन्दै आएकाले छानबिन होस् भने । सांसद बालकृष्ण खाँणले लोकतान्त्रिकको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र पत्रकारितालाई अङ्कुश लगाउने काम कोही कसैबाट हुन नहुने धारणा व्यक्त गरे । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending