मेयर रेणु दाहाल उदाहरणिय बन्दै, विषादी मुक्त हुँदै महानगर
भाद्र २० गते, २०७५ बुधवार 5th September, 2018 Wed१६:०३:२३ मा प्रकाशित
चितवन।भरतपुर महानगरपालिकाले जैविक कृषि उत्पादनलाई अभियानको रुपमा अगाडि बढाउने भएको छ । महानगर प्रमुख रेणु दाहालले जैविक कृषि उत्पादनलाई अभियानको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै महानगरलाई विषादी मुक्त बनाउने बताएकी छन् ।
भरतपुर महानगरपालिका वडा नं १४ र नेपाल जनस्वास्थ्य प्रतिष्ठान परियोजनाले आयोजना गरेको समृद्धि आइपीएम कृषक पाठशाला तालिमको समापन कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले कृषिमा जैविक विधी अपनाएर स्वच्छ र गुणस्तरीय उत्पादन गर्न किसानहरूसँग आग्रह गरिन ।
‘रासायनिक मल र मानव स्वास्थ्यलाई हानी पु¥याउने विषादीको प्रयोगमा रोक लगाउन भरतपुर महानगरपालिका विसादी प्रयोग नियन्त्रण ऐन निर्माणको चरणमा रहेको छ’ उनले भने । ऐन कार्यान्वयनमा आएपछि मानव स्वास्थ्यलाई हानी पु¥याउने विषादीको प्रयोगमा रोक लाग्ने उनको भनाइ थियो ।
स्वस्थ र गुणस्तरीय उत्पादनले मात्र स्वस्थ नागरिक, स्वस्थ समाज निर्माण हुन सक्ने बताउँदै त्यस्तो जनशक्तिले राष्ट्रको आवस्यकता परिपूर्ति गर्ने बताउँदै उनले विषादीको प्रयोग गरेर जनस्वास्थ्यमाथि खेलवाड गर्ने छुट कोही कसैलाई नभएको उनले बताइन् ।
कार्यक्रमको प्रमुख अतिथी महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिकाले जैविक सुरक्षा, माटो परीक्षण र गुणस्तर वृद्धि, जैविक उत्पादन वृद्धिका साथै कृषिमा यान्त्रीकीकरण गर्दै गुणात्मक उत्पादकत्व वृद्धिमा विशेष कार्यक्रमहरू अगाडि बढाएको बताइन ।
आइपीएम कृषक पाठशाला शिवनगरका किसानहरुले २२ हप्ताको लामो तालिममा सहभागी भइै जैविक उत्पादन पद्धतिको बारेमा ज्ञान सीप हासिल हासिल गरेका थिए । आफूले सिकेको ज्ञानसीपलाई व्यवहारमा लागू गर्न प्रमुख दाहालले किसानलाई आग्रह गरिन । प्रमुख दाहालले कृषि क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको बताइन । वैशाख १५ देखि भदौ ५ सम्म चलेको आइपीएम तालिममा ३० जना सहभागी थिए ।
प्रशिक्षक रमा ढुड्गानाले कृषकहरूलाई कसरी जैविक विधी अपनाएर फलफूल तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न सकिन्छ भन्ने विषयमा पर्याप्त तालिम दिएको बताइन । तालिममा हानिकारक विषादीको प्रयोग पूर्णरुपले अन्त्य गर्ने उद्देश्य राखेर तालिम दिएको बताइन ।
तालिममा किसानलाई घरेलु विसादीको उत्पादन र प्रयोग, मित्र र शत्रु कीराहरूको पहिचान प्राङ्गारिक मलको उत्पादन र प्रयोग रासायनिक मलको प्रयोगको अन्त्य, माटो परीक्षण र माटो संरक्षणसम्बन्धी सम्पूर्ण जानकारी दिइएको थियो ।
प्रशिक्षार्थी भरत पौडेलले तालिम अवधिभर जैविक विधिसम्बन्धी महत्वपूर्ण ज्ञान र सीप हासिल गरेको बताए । सबै किसानहरूले जैविक विधिअनुसार उत्पादन गर्नुपर्ने बताउँदै आफूले २२ हप्ताको तालिममा सिकेका ज्ञान सीपलाई व्यवहारमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिका सामाजिक महासाखा प्रमुख सिर्जना थपलियाले बिषादीको रोकथाम र जैविक पद्धतिको अवलम्बन गर्न समृद्धि आइपीएम पाठशाला सफल हुने बिश्वास व्यक्त गरिन् ।
नेपाल स्वास्थ्य प्रतिष्ठानकी कार्यक्रम निर्देशक सिमृन काफ्लेले आइपीएम पद्दतिलाई अभियानको रूपमा अगडि बढाउनुपर्ने बताउदै समृद्धि आइपीएम कृषक पाठशालाको तालिम अवधिको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । समानपन कार्यक्रम वडा न १४ का वडाअध्यक्ष ओमप्रकाश पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: