Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

विषाक्त पुतलीको बिगबिगी, आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै

काठमाडौँ । रङ्गी चङ्गी पुतली हेर्दा जति आर्कषक हुन्छ, बुझ्दै जाँदा उत्तिकै विषालु भएको पनि पाइन्छ । ‘पुतली छुनुहुन्न, आँखामा झुस प¥यो भने आँखै बिग्रिन्छ’ भन्ने जनश्रुति सायद यसकै लागि बनेको होला । आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छ - पुतलीका धेरै प्रजातिमध्ये ‘ग्याजालिना मोथ’ ले आँखा संक्रमण गराउने संभावना उच्च रहन्छ । यही पुतलीका कारण नेपालमा आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै गएको छ । ग्याजालिनाको रौं आँखाका लागि जटिल समस्या बनेको र सो प्रजाती नेपालका लागि ठूलै चुनौती बन्न थालेको विज्ञहरु बताउँछन् । ग्याजालिनाको पुच्छरको टुप्पोमा रहने पहेँलो रङ मिश्रित रौं नै आँखाका लागि विषाक्त भएको पुतलीविज्ञ डा.भैया खनाल बताउनुहुन्छ । आँखा संक्रमण गराउने ग्याजलिना मोथ नै भएको पुष्टी उहाँले ८ वर्षअघि नैं गर्नुभएको थियो । ‘पोथी पुतलीले मात्रै फूल पार्ने र उक्त फूल रौमैं अड्किने बताउँदै उहाँ नेपाल समाचारपत्रसँग भन्नुहुन्छ–‘त्यस्तो रौं आँखामा परेमा जटिल संक्रमण गराउँछ, शरिरका अन्य भागमा समेत संक्रमण हुनसक्छ ।’ डा.खनालका अनुसार फूललाई शत्रुबाट बचाउन सो पुतलीले शरिरबाट केमिकल समेत फाल्छ । उक्त केमिकलले गर्दा शत्रुले फूललाई हमला गर्न सक्दैन । वर्षाद्मा यस्तो विषालु पुतलीका कारण आँखा संक्रमितको संख्या बढ्दो क्रममा रहेको बताइएको छ । काठमाडौंका टिचिङ अस्पताल, आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान गौशालामा यस्ता विरामीको संख्या वर्षेनी बढ्ने तिलगंगा आँखा अस्पतालकी सह–प्राध्यापक डा.अनु मानन्धर बताउनुहुन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending