Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

स्पोर्टस् क्लबमा आक्रमण हुँदा दुई पत्रकारको मृत्यु

काबुल। अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुईवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ । तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो आक्रमणबाट क्षतबिक्षत कुस्ती क्लबमा त्यहाँ अभ्यासरत कुस्ती खेलाडीहरुका झोला, कपडा, म्याटहरु रगतमा लतपतिएको विभत्स दृश्य देखिन्थ्यो । मारिएका खेलाडीहरुमा १० वर्षका बालबालिका पनि रहेका थिए । क्लबमा शुरुमा गोली चलाउँदै एक आत्मघाती व्यक्ति क्लबभित्र प्रवेश गरेर आफैंलाई बमले उडाएका थिए । त्यसको एक घण्टापछि बिस्फोटक पदार्थले भरिएको कारलाई क्लबको नजिक ल्याएर विस्फोट गराइएको थियो । पहिलो आक्रमणमा मारिएका र घाइते भएकाहरुको उद्धार गर्न र समाचार सङ्कलनमा पुगेका उद्धारकर्मी र पत्रकार समेत आक्रमणको चपेटामा परेका थिए । दोस्रो आक्रमणबाट अफगानिस्तानको सबैभन्दा ठूलो निजी प्रसारण संस्था टोलो न्यूजमा कार्यरत दुईजना पत्रकारको मृत्यु भएको थियो । अरु चारजना सञ्चारकर्मी घाइते भएका थिए । “जताततै मृत्यु भएका र घाइते भएकाहरु देखिन्छन्,” १४ वर्षका कुस्ती खेलाडी सइद रोहुल्लाले बताए । अली सीनाले क्लब बाहिर गोलीको आवाज सुन्नेबित्तिकै खेलाडीहरु क्लबको बीच भागमा भेला भएको जानकारी दिनुभयो । अलीले आत्मघाती व्यक्ति क्लबभित्र छिरेको देखेकै थिएन । यो आक्रमणका लागि इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । अफगान स्वास्थ्य तथा गृहमन्त्रालयले यस आक्रमणबाट कम्तीमा २६ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको जनाएको छ । माइवान्ड क्लबका व्यवस्थापक पहलवान शीरले मृत्यु हुने व्यक्तिहरुको संख्या अरु बढ्न सक्ने बताए । आक्रमणका समयमा क्लबभित्र कम्तीमा १५० व्यक्ति अभ्यासरत रहेको उनले बताए । उनले भने, “कतिपय मानिसले आफ्ना दिवंगत व्यक्तिलाई घर लगिसके । म अझै पनि हराइरहेका विद्यार्थी र प्रशिक्षकको खोजी गरिरहेको छु ।” शिते समुदायमाथि अगष्ट १५ मा पनि डरलाग्दो आक्रमण गरिएको थियो । शैक्षिक केन्द्रमा भएको त्यस आक्रमणमा एक दर्जनभन्दा बढी विद्यार्थीको मृत्यु भएको थियो । रासस/एएफ
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies