Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

यस्तो विद्यालय जहाँ चार शिक्षक, पाँच विद्यार्थी !

मेलम्ची। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । यस विद्यालयमा जम्मा पाँच विद्यार्थी मात्र नियमित आउँछन् । चार शिक्षक भए पनि नियमित हुँदैनन् । गोरखा भूकम्पले विद्यालय भवन भत्काएपछि अहिलेसम्म पनि राम्रोसँग पठनपाठन हुन नसकेको स्थानीयले बताएका छन् । स्थानीय प्रेमबहादुर तामाङको दुई कोठे घर भाडामा लिएर अस्थायीरुपमा पढाइ सञ्चालन गर्न लागे पनि विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र शिक्षकको बेवास्ताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ । शिक्षक तथा विद्यार्थी विद्यालयमा आए नआएको दैनिक हाजिरी अभिलेख पनि छैन । प्रधानाध्यापक कमला जोशी विद्यालय व्यवस्थापन समितिको बेवास्ताका कारण विद्यालय यो अवस्थामा पुगेको बताउछन् । स्रोत व्यक्ति भीम कार्की मेलम्ची नगरभित्र अरु सात विद्यालयको अवस्था पनि यस्तै रहेकोले कसरी अगाडि बढ्ने सोच्नुपर्ने बताउछन्। व्यवस्थापन समितिका अध्यक्ष दिनेश घलेले आफूहरु विद्यार्थी सङ्ख्या बढाउन लागिरहेको तथा बैठक बसेर यसबारेमा निर्णय लिइने बताए । शिक्षा विकास तथा समन्वय एकाइबाट भवन निर्माण गर्न बजेट आएपनि अहिलेसम्म भवन निर्माणको अत्तोपत्तो छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending