Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताएका छन् । यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्धमा थप उचाइ दिएको बताए । मन्त्री ज्ञवालीले यस्ता कार्यक्रममा विद्यार्थीको सहभागिताले दुई देशबीचको सम्बन्ध विस्तारका साथै सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तार हुने उल्लेख गरे । उनले भने,“दुई देशका यस्ता विद्यार्थी हाम्रा सम्बन्धका वास्तविक राजदूत हुन् । यिनीहरुले दुई छिमेकीको सम्बन्धको प्रवद्र्धन गर्नेछन् ।” कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई देशको सम्बन्ध प्रवद्र्धनमा यस्ता गतिविधिले महत्वपूर्ण साधनका रुपमा काम गर्ने बताउँदै विद्यार्थीको सिर्जनशील क्षमता र कलाको प्रशंसा गरे । तीन प्रतियोगितामा २०१ विद्यालयबाट दुई हजार ३०० विद्यार्थी सहभागी थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending