Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

‘बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन होइन’

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)लाई हरसम्भव आर्थिक विकासका क्षेत्रमा केन्द्रित गर्ने प्रयास भइरहेको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन नभएकाले यसको गतिविधि आर्थिक र प्राविधिक सहयोगमा नै केन्द्रित रहँदै आएको उल्लेख गरे । स्वतन्त्र, असंलग्न र शान्तिपूर्ण नीतिका आधारमा नेपाल बिम्स्टेकलगायत सङ्गठनमा सहभागी हुँदैआएको बताउँदै परराष्ट्रमन्त्री ज्ञावलीले सरकारले आफ्नो मुलुकको अधिकतम हितलाई ध्यानमा राखेर काम गर्ने स्पष्ट गरे । बिम्स्टेक मुलुकको शिखरसम्मेलनका सन्दर्भमा कुनै पनि तहमा संयुक्त सैनिक अभ्याससम्बन्धी विषयमा छलफल र निर्णय नभएको बताउँदै उनले सुरक्षाको विषय उठाउँदा परम्परागत ढङ्गबाट मात्र होइन, विपद् व्यवस्थापन, जलवायु परिवर्तनजस्ता विषयलाई पनि जोडेर हेर्न आवश्यक छ भने । यसअघि ज्येष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षा र कूटनीतिजस्ता विषयमा निर्णय लिनुअघि सदन र सरकारका विभिन्न तहमा पर्याप्त छलफल आवश्यक रहेको बताए । उनले भने, “नेपाल राष्ट्रको सार्वभौमसत्ता र नेपाली जनताको बृहत्तर हितलाई केन्द्रित गरेर निर्णय हुनुपर्छ, नेपाली जनताले आशङ्का गर्ने र राष्ट्रहित विपरीत हुन जाने काम कसैबाट हुनुहुन्न, हामी असंलग्न परराष्ट्र नीतिबाट टाढा जान सक्दैनाैं, सार्कलाई समाप्त पार्नेतर्फ जाँदैनाैं ।” बैठकमा समितिका सदस्यले मुलुकलाई दूरगामी रुपमा असर पर्ने विषयमा निर्णय लिनुअघि सदन र समितिलाई विश्वासमा लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने सुझाव दिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending