Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

मुक्त कमैयालाई जग्गा उपलब्ध

घोराही। सरकारले २०५७ सालमा कमैयालाई मुक्त घोषणा गरेयता उनीहरुलाई बासस्थानका लागि जग्गा र घर बनाउन काठ उपलब्ध गराउँदै आएको छ । जिल्ला भूमि सुधार कार्यालयका कमैया वृत्तिविकास तथा बसोबास शाखाका प्रमुख हरिप्रसाद चौधरीका अनुसार लगत लिएर परिचयपत्र वितरण गरिएका मुक्त कमैया परिवारको सङ्ख्या एक हजार ४२६ रहेको छ । हालसम्म ७०५ मुक्त कमैया परिवारले घर बनाउन जग्गा पाएका छन् । उनीहरुलाई ६ धुरदेखि पाँच कठ्ठासम्म जग्गा पाएका छन् । जग्गा पाएपछि घर बनाउन वन कार्यालयले १७७ मुक्त कमैया परिवारलाई काठ उपलब्ध गराएको छ भने २२१ परिवारलाई काठ वितरण गर्न पक्रिया अघि बढाइएको छ । काठ दिन नसक्ने अवस्थामा वनले मुक्त कमैयालाई प्रतिपरिवार रु एक लाख उपलब्ध गराउँदै आएको छ । आव २०७४/७५ मा जिल्ला भूमि सुधार कार्यालयले २०४ परिवारलाई काठबापतको रु एक लाख वितरण गरेको छ । सम्पर्कमा आएका मुक्त कमैया परिवारलाई रकम वितरण गरिँदै आएको छ । सरकारले मुक्त कमैयाको आर्थिक अवस्था हेरेर रातो, नीलो, पहेँलो र सेतो कार्ड वितरण गरेको छ । भूमिसुधार ऐनमा घर र जग्गा दुवै नभएका तथा अरुको घरगोठमा आश्रय लिएर बसेकालाई रातो कार्ड दिने प्रावधान छ । जिल्लामा रातो कार्ड पाउने मुक्त कमैया २१५ परिवार छन् । आप्mनै जग्गा नभएका ऐलानी पर्ति जग्गामा बस्दै आएका ४०३ परिवारलाई नीलो कार्ड वितरण गरिएको छ । नीलो कार्ड पाउने ४०३ परिवार छन् । दुई कठ्ठासम्म आफ्नो जग्गा भएकालाई सरकारले पहेँलो कार्ड दिइरहेको छ । पहेलो कार्ड पाउने ३२४ मुक्त कमैया परिवार छन् । दुई कठ्ठाभन्दा बढी जग्गा भएका ३९७ परिवारले सेतो कार्ड पाएका छन् । यस वर्ष भूमि सुधार कार्यालयले ४६ परिवारलाई जग्गा उपलब्ध गराएको छ भने १७ परिवारका लागि जग्गा नभेटिएको भूमि सुधार कार्यालयका प्रमुख मानबहादुर कुँवरले जानकारी दिए । “सरकारले उपलब्ध गराएको जग्गा मुक्त कमैयाले मन पराएका छैनन्”, उनले भने, “मुक्त कमैयाले भने जस्तो जग्गा नभेटिएपछि जग्गा उपलब्ध गराउन समस्या भएको छ ।” भालुबाङदेखि पुरन्धारासम्म मुक्त कमैया बस्दै आएका छन् । सरकारले लालमटिया, कर्री सामुदायिक वन, सालभुण्डी सामुदायिक वन तथा गडवाको मानपुरमा मुक्त कमैयालाई जग्गा प्रदान गरी व्यवस्थापन गरिरहेको छ । सरकारले उनीहरुलाई जग्गा मात्र नभई विभिन्न सीपमूलक ताली उपलब्ध गराउँदै आएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy