Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अमेरिकामा फ्लोरेन्स नामको शक्तिशाली आँधी, पाँचको मृत्यु

फ्लोरेन्स नामको शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटमा आइपुग्दा त्यसका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ। उक्त आँधीका कारण ६ लाख मानिसहरू विजुलीको सेवाबाट बञ्चित बनेका छन्। आँधीका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ। अधिकारीहरूका अनुसार बिजुलीको आपूर्ति पुनस् गर्न अझै केही दिन वा हप्ता पनि लाग्न सक्छ। अहिलेसम्म उक्त शक्तिशाली आँधीका कारण तीनजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यसअघि अधिकारीहरूले आँधीका कारण चारजनाको मृत्यु भएको बताएका थिए। नर्थ क्यारोलाइनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनका एकजना बच्चाको मृत्यु भएको छ। ती बच्चाका घाइते बुवालाई भने उपचारका लागि अस्पताल पुर्याइएको छ। नर्थ क्यारोलाइनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ गरेको एउटा पत्रकार सम्मेलनमा कयौं मृत्युका घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। स्थानीय र राज्य स्तरमा खटिएका स्वास्थ्यकर्मीहरूले मृत्यु आँधीकै कारणले भएको हो कि होइन भनी परीक्षण गरिरहेका छन्। ््अहिलेसम्म आँधीका कारण १७ लाख मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान सुझाइ सकिएको छ। त्यहाँको मौसमसम्बन्धी जानकारी दिने न्याश्नल वेदर सर्भिसका अनुसार हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको छ। गभर्नर कार्यालयका अनुसार लेनोइर काउन्टीमा जेनेरेटरको तार जोडिरहेका बेला आँधीका कारण तेस्रा व्यक्तिको मृत्यु भएको थियो। उक्त राज्यका यातायात मन्त्री जेम्स ट्रोगडनले सामान्यतया प्रत्येक हजार वर्षमा देखापर्ने बाढी यसपटक यो आँधीका कारण देखापर्नसक्ने बताएका छन्। आँधीकै कारण कतिपय क्षेत्रमा ठूलो वर्षासमेत भइरहेको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending