Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

शिक्षा व्यावसायिक र प्राविधिक हुनुपर्छ -ईश्वर पोखरेल

काठमाडौँ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिएका छन् । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको आज आयोजित १२ वार्षिकोत्सव समारोहमा उनले ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका लागि एकसाथ हिँड्नु पर्नेमा लय मिलेको जस्तो नदेखिएको उल्लेख गरे । उपप्रधानमन्त्री पोखरलले भने, “संविधानमा लेखिएका विषय कानून बनाएर सम्बोधन गर्न, मुलुकलाई असहजताबाट सहजतातर्फ लैजान प्रत्येक सरकारले लय मिलाएर काम गर्नुपर्छ, त्यसका लागि सरकार हिम्मतका साथ अघि बढ्ने कोशिस गरिरहेको छ ।” सत्तरी प्रतिशत व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने ढङ्गबाट वर्तमान शिक्षा नीतिलाई परिमार्जन गर्न सरकारले तयारी गरिरहेको बताउँदै उनले दुरदराजबाट काठमाडौँ आएका छात्रालाई सस्तो शुल्क लिई नारी शिक्षाको उन्नयनमा मोर्डन कलेजले विशिष्ठ योगदान दिँदै आएको बताए । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नारी शिक्षालाई सबैले प्रेरित गर्न आवश्यक रहेको धारणा राखे । कलेज सञ्चालक समितिका अध्यक्ष प्राडा रामप्रसाद दाहालले शिक्षासेवीको प्रेरणाबाट मुलुकको नारी शिक्षामा योगदान दिन सकियोस् भन्ने उद्देश्यले अन्यन्तै न्यून शुल्कमा छात्रालाई समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको जानकारी दिए । राजनीतिक क्षेत्रमा सक्रिय रहेर पनि नारी शिक्षाको विकासका लागि विभिन्न जिम्मेवारीमा रहँदा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै कलेजले समारोहमा उपप्रधानमन्त्री पोखरेल र शिक्षासेवी मीरा ध्वजूलाई कदरपत्र प्रदान गरी सम्मान ग¥यो । समारोहमा जेहन्दार छात्रा शर्मिला थापालाई रु १० हजार राशिको स्व वेदमाया दाहाल छात्रवृत्ति प्रदान गरियो भने रु १०/१० हजार राशिका छात्रवृत्ति सुष्मा पहाडी र सिर्जना कुमालले प्राप्त गरे । समारोहमा शिक्षासेवी रमेशमोहन भट्टराई र राकेश श्रीवास्तवले छात्रा आस्था राई र सोनु गुरुङलाई पढाइका लागि वार्षिक रुपमा लागेको खर्चको रकम उपलब्ध गराए । उक्त कलेजमा रहने गरी समारोहमा उपप्रधानमन्त्री पोखरेल र श्रीमती ध्वजूले रामकुमारी–मायादेवी अक्षय कोष र अञ्जु बस्नेत कार्कीले विमल–चन्द्र अक्षय कोष पुरस्कारका लागि रु दुई/दुई लाख रकम उपलब्ध गराए । सो अवसरमा कलेजको वार्षिक प्रकाशन अनामिका र कवि गुणराज काफ्ले शाण्डिल्यको कविता प्रवाह कृति लोकार्पण गरियो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending