Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

विश्व सरसफाइ दिवसः सडकमा जताततै फोहरको थुप्रो

काठमाडौँ। विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ्गा महिला समूहलगायत २६ संस्थाका ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । सफाइमा समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, महानगरपालिका–३१ का सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो । आज विश्व सरसफाइ दिवस परेकाले सबै स्थानीय तहका वडामा सफाइ गरियो । सफाइ गरिए पनि सडकमा जताततै फोहर थुपारिएको देखिन्छ । महानगरपालिकाले सबै वडालाई दिवस मनाउन आह्वान गरेको थियो । वागमतीको मुहान सुन्दरीजलदेखि नै सफाइ अभियान चलाएको वागमती सुन्दरता सरोकार मञ्चले २४० औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरेको थियो । नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजनमा भएको सफाइमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिको सहभागिता थियो । सफाइबाट छ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने पाँच मेट्रिक टन फोहर त्यहीँ गाडिएको थियो भने नकुहिने एक मेट्रिकटन फोहर बाहिर व्यवस्थापनका लागि नगरपालिकाको सवारी साधनले लगेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । उक्त नदीको मुहानदेखिकै सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनीमैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाका पनि सहभागिता थियो । रुद्रमती सफाइको २३४ औँ हप्तामा वडा नं ९ र ३० दुई समूहमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढीकोे सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिए । विष्णुमती सफाइको २०६ औँ हप्तामा आज टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित सिद्धेश्वर मन्दिर क्षेत्रमा सफाइ गरियो । सफाइमा तीनवटा सुरक्षा निकायसहित २५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । वागमतीको सुन्दरीघाट खण्ड सफाइको ८९ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । यसैगरी मनोहरा सफाइको ७९ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । चक्रपथ सफाइको ७५ औँ हप्तामा गोङ्गबु–सामाखुशी–वसुन्धरासम्म सफाइ गरियो । तीनसय ५० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले बताए । ‘डम्पिङ साइट’ को अभावमा चक्रपथको दायाँबायाँ पनि फोहरको डङ्गुर थुप्रिएको उहाँले जानकारी दिए । आलोकनगर सफाइको ७५ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । टोल टोलमा प्रहरी अभियानका साथै सफाइसँगै जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको संयोजक प्रमिला पौडेलले बताए । चक्रपथ बाफल खण्ड सफाइको ५७ औँ हप्तामा स्युचाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाका वडा सदस्यको पनि सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वागमती सफाइ महाभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । विश्व सरसफाइ दिवस २०१८ विश्व सरसफाइ दिवस प्रत्येक वर्ष सेप्टेम्बर १५ का दिन सरसफाइ अभियान गरी विश्वभर मनाइन्छ । विगत केही वर्षदेखि नेपालमा पनि यो दिवस आभियानका रुपमा मनाउन थालिएको हो । स्कूल, कलेज सरकारी तथा गैरसरकारी संस्था वा विभिन्न समूहले यो दिवसलाई अभियानका रुपमा मनाउँदै आएका छन् । ‘मानिसका लागि स्वच्छ गृह’ भन्ने विश्व सरसफाइ दिवस २०१८ को नाराका साथ महाँकालस्थित जनकल्याण माविको श्री जनकल्याण युवा क्लबले आफ्नो क्षेत्रमा सफइ गरे । क्लबले महाँकाल ओरालोको बस बिसौनीदेखि टुसाल महाँकाल रोड हँुदै महाँकाल मन्दिरसम्म सफाइ गरेको र यसमा स्थानीय बासिन्दले पनि साथ दिँदै क्लबलाई धन्यवाद दिए् । स्थानीयबासिन्दा स्वस्फूतरूपमा सफाइमा सहभागी भई क्लबका पदाधिकारी तथा विद्यार्थीलाई सहयोग गरेका थिए । यस कार्यक्रमका लागि क्लिन अप नेपालले क्लिन अप कीट उपलब्ध गराएको थियो । उक्त विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले भने, “आफ्नो छेउछाउ सफा राख्नु हामी सबैको जिम्मेवारी भएको र यो जिम्मेवारी पूरा गर्नसके स्वच्छ घर बनाउनुका साथै हामी आफै पनि स्वस्थ्य रहन सक्छौँ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending