Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

अपराधसम्बन्धी दैनिक दुई हजार फोन

\"\"काठमाडौँ। उपत्यकामा कतै डाँका, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ, भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ । कार्यालयकाअनुसार उपत्यकामा हुने झै–झगडा, कुटपिट,चोरी, डकैती, जस्ताघटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो । झण्डै ६० लाख जनसङ्ख्या भएको उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका २५ वटा फोन लाइनमा यस्ता गुनासा आउने गरेको छ । घटना हुने बित्तिकै जानकारी दिन कन्ट्रोल नं १०० को १८ लाइन, ‘फोर डिजीट’को(११७७) एक लाइन, मोबाइल ९८५१२८३८३५, ९८५१२८३०२६, ९८६०३१२२१० र ९८६०३१२१३ का चार लाइन, स्मार्ट फोन एक लाइन र टेलिफोन ०१–४२२८४३५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ‘हाम्रो पुलिस’ मोबाइल एप्समासमेत सूचना आउने गरेको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रद्युम्नकुमार कार्की पछिल्लो समय प्रहरीप्रति जनताको विश्वास बढेर गएको बताउछन् । “दैनिक दुई हजार कल महानगरीय कार्यालयमा मात्र आउने हो, त्यसका अलावा प्रवक्ता, परिसर प्रमुख, वृत्त प्रमुख र प्रभागका प्रमुखलाईसमेत फोन आउने गरेको छ,”–उनी भन्छन् । कार्यालयमा आउने फोनमध्ये झै–झगडा र दुर्घटनाका बढी छ । उपत्यकाका सबै परिसर, वृत्त, प्रभाग र इलाका प्रहरी कार्यालयमा आउने कल जोड्ने हो भने दैनिक तीन हजारभन्दा बढी हुन जाने र गोप्य राख्नुपर्ने सूचना भने प्रवक्ता र प्रहरी कार्यालयमा आउने गरेको प्रवक्ता कार्कीको भनाइ छ । कहिलेकाँही प्रहरीलाई दुःख दिने नियतले समेत विभिन्न घटना भएको भनेर ढाट्नेसमेत गरेको पाइएको र ढाट्ने व्यक्तिलाई समातेर कारवाही गरिएको कार्यालयले जनाएको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि पोशाकका प्रहरी, सादा पोशाकका प्रहरी, ठाउँठाउँमा सिआरबी भ्यान, क्यूआरटी भ्यान, मोटरसाइकल, साइकलसहितका प्रहरी खटाइएको छ । कार्यालयअन्तर्गत हाल ११ हजारभन्दा बढी प्रहरी कार्यरत छन् । कार्यालय मातहतमा हाल उपत्यकामा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड, ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ, भक्तपुर, ललितपुरका महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, मानव व्यवस्थापन महाशाखा, शान्ति सुरक्षा महाशाखा, विशेष सुरक्षा महाशाखा, नेपाल प्रहरी विद्यालय, पर्यटक प्रहरी र त्यसअन्तर्गतका विभिन्न वृत्त, प्रभाग, विट र इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् । यस्तै ट्राफिक दुर्घटनासम्बन्धी जानकारी दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा छुट्टै लाइनको व्यवस्था गरिएको छ । उपत्यकाको जुनसुकै ठाउँमा दुर्घटना भए पनि १०३ हटलाइनमा खबर गरेपछि तत्काल ट्राफिक प्रहरी पुगेर घटनाबारे जानकारी लिन्छ । दैनिक बढ्दो सवारी जाम र दुर्घटनाबारे जानकारी लिनका लागि महाशाखामा १०३ नंको आठवटा हटलाइनको व्यवस्था गरिएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त उपत्यकामा हुने सवारी चाप, दुर्घटना, टा्याक्सी ठगीलगायतको समस्या समाधानका लागि १०३ आम यात्रुका लागि सहयोगी भएको बताउछन् । यसैगरी उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी लिन ट्राफिक एप्सको समेत व्यवस्था गरिएको छ ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending