Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अण्डाको मूल्य बढ्यो

चितवन। अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २६० र मध्यमको रु १८० रहेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । “उत्पादन लागत नोक्सानीमा थियो,” उनले भने । किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु नौ पर्छ । हालको मूल्यमा ठूलो अण्डाले लागत मूल्य धानेको छ भने मध्यम अण्डाले मूल्य धान्न नसकेको कँडेलले बताए । डेढ वर्ष अघि अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो । क्रमशः घट्दै आएर लागत मूल्य नधान्ने अवस्थामा पुगेको हो । सङ्घका सचिव मदन पोखरेल बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताउछन् । चाडपर्व शुरु हुनु, पर्यटकको आगमन बिस्तारै बढ्दै जानु, स्कूल र कलेज सञ्चालनमा आउनु, पहाडी भेगका सडकमा गाडी चल्न थाल्नु लगायतका कारण बजारमा अण्डाको माग बढेको उनको भनाइ छ । किसानले कम मूल्य पाए पनि बजारमूल्य भने अण्डाको प्रतिगोटा रु १४ छ । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन खुवाउनुपर्ने भएकाले किसानले अण्डाको उचित मूल्य पाउन नसकेका हुन् । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउछन् । पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी रहेको छ । आधाभन्दा बढीमा बैंकिङ क्षेत्रको ऋण लगानी छ । बिचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy