काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आदर्शलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताएकी छन्।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको उल्लेख गरिन्। उनले अमात्यको त्याग, इमानदारी र जनसेवाको भावना वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र हिंसात्मक घटनाप्रति पनि चिन्ता व्यक्त गरिन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधताबीचको एकता, सहिष्णुता, आपसी सम्मान र सामाजिक सद्भाव कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा उनले जोड दिइन्।
उनले अफवाह, घृणा र विभाजन फैलाउने गतिविधिबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
भण्डारीले अहिलेको लोकतान्त्रिक उपलब्धि तुल्सीलाल अमात्यजस्ता अग्रज नेताहरूको लामो संघर्ष, त्याग र समर्पणको परिणाम भएको उल्लेख गर्दै उनीहरूको योगदानलाई व्यवहारमा उतार्नु नै सच्चा सम्मान हुने धारणा राखिन्।
कार्यक्रममा तुल्सीलाल स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र प्रतिष्ठानका पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो। साथै, हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले तुल्सीलाल अमात्यले सहज र प्रतिष्ठित जीवनको अवसर त्यागेर किसान, मजदुर तथा उत्पीडित समुदायको अधिकारका लागि संघर्षको बाटो रोजेको उल्लेख गरे। उनले अमात्यलगायत अग्रज नेताहरूको त्याग र समर्पणबाट मुलुकमा लोकतन्त्र स्थापना सम्भव भएको बताए।
नेपालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि पार्टी निर्माण, किसान आन्दोलन विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध तुल्सीलाल अमात्यले पुर्याएको योगदानको संरक्षण र निरन्तरताका लागि आफूहरू प्रतिबद्ध रहेको पनि बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...



प्रतिकृया लेख्नुहोस्: