Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

मनिला। फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिए । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उनले आशंका गरे । मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छजना भएको बताइएको छ । उनीहरुको घर भत्किएर मृत्यु भएको समाचारमा जनाइएको छ । आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु उखेलेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको र लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ । आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । यो आँधी हाल हङकङ र चीनको पूर्वी भेगमा प्रवेश गरेको छ । त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा फ्लोरेन्स नाम दिइएको वर्षासहितको आँधीका कारण आइतबारसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ । आँधीले अमेरिकाको उत्तरी तथा दक्षिणी क्यारोलिनामा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन् । हावाहुरीले थुपै रुखहरु ढालेको छ भने घरहरु भत्काएको छ । आँधीका कारण धेरै ठाउँ जलमग्न भएका कारण सञ्चार तथा विद्युत सेवा विच्छेद भएको छ । मृत्यु भएका मध्ये दुई जना आमा र बच्चा समेत रहेका छन् । उनीहरुलाई रुख ढलेर उनीहरुकै घरमा च्यापेको थियो । घरमा आगलागी समेत भएको थियो । दक्षिण क्यारोलिनाको ह्याम्स्टेडमा एक महिलाको हृदयघात भएर मृत्यु भएको छ । आँधी आएपछि हृदयाघात भएकी उनलाई घरबाट उद्धार गर्न समेत कठिनाइ भएको बताइएको छ । स्थानीय हजारौं स्थानीय बासिन्दालाई सुरक्षित शिविरहरुमा लगिएको छ भने दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् । मौसम अधिकारीहरुले हावाको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भएको छ । रासस/सिन्ह्वा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies