Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

घर मापदण्डमा ल्याउन कामपामा निवेदनको चाङ

काठमाडौँ। पहिले नै निर्माण भएका तर निर्माण मापदण्ड नमिलेका घरलाई नियमित गर्न निवेदन दिने निवेदकको काठमाडौँ महानगरमा चाङ लाग्न थालेको छ । करीब तीन महिनाअघि कामपाले निर्माण भएका तर नियमअनुरुप निर्माण नभएका घरको लागि निवेदन दिनका लागि सूचना निकालेको थियो । निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरूप बनाउन यस किसिमको व्यवस्था गरेको कामपाले जनाएको छ । नगरवासीका लागि यो एउटा मौका हो, यस मौकाको पनि सदुपयोग नगरे धेरै नगरवासीको घर नक्साविहीन हुने र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ सहप्रवक्ता नवराज ढकालले भने । नियमअनुरुप गर्नका लागि घरधनीले घरको विवरणसहित कामपामा निवेदन पेश गरेका छन् । सोही सूचनालाई आधार मानी अहिले कामपामा निवेदन ठूलो सङ्ख्यामा आएको सहप्रवक्ता ढकालले जानकारी दिए । उनका अनुसार अहिले कामपामा नक्साको काम अनलाइनबाट हुन्छ, आगामी आइतबारसम्ममा सङ्ख्यात्मकरुपमा नै तथ्याङ्क आउँछ महानगरमा धेरै घर नियमविपरीत निर्माण भएका छन् । निर्माण सम्पन्न भइसकेका भवनलाई तीन वर्गमा विभाजन गरेर सरल मापदण्डका आधारमा सुधार गर्न संशोधित मापदण्डबाट महानगरले काम थालेपछि निवेदकको सङ्ख्या बढेको हो । असार २७ गते सम्पन्न नगरसभाबाट स्वीकृत भवन निर्माण मापदण्ड २०७५ का आधारमा तयार पारिएको कार्यविधिका आधारमा भवन विभागले घरधनीबाट निवेदन लिन शुरु गरेको हो । कार्यविधिले, भवन निर्माण गर्दा मापदण्ड पालना नभएका भवनलाई कैफियतमा विवरण उल्लेख गरी निर्माण सम्पन्न प्रमाणपत्र दिने व्यवस्था गरेको छ । महानगरपालिका क्षेत्रभित्रमा नयाँ निर्माण हुने, तला थप गर्नु, संरचना हेरफेर गर्नुपर्ने तथा निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कामलाई सरल बनाउन यस प्रकारको व्यवस्था अघि सारिएको हो । यातायात आवागमन, पार्किङ, खुला स्थानको उपलब्धता, भवनको अवस्था, बनावट, उपयोग, भौतिक तथा सामाजिक सुरक्षा, छिमेकीसँगको सम्बन्धजस्ता विभिन्न पक्षबाट भवन नियमित गर्न खोजिएको भवन निर्माण इजाजत विभागका प्रमुख रवीन्द्रकुमार पौडेलले बताए । कागजपत्र पुगेको नक्सा स्वीकृत हुन २५ देखि ३० दिन लाग्छ भने निर्माण सम्पन्न भएको प्रमाणपत्र प्राप्त गर्न प्रक्रिया शुरु भएको मितिले सात दिनदेखि १० दिन लाग्छ । पेश गरिएको सूचनाको आधारमा कामपाको प्रतिनिधि सम्बन्धित घरधनीको घरमा पुगी नक्सापासको प्रक्रियामा लगिने छ । स्थानीय सरकार सञ्चालन ऐनमा नक्सा स्वीकृत नगरी बनेका नियमअनुरूपका र स्वीकृत नक्साभन्दा फरक किसिमले बनेका घरका लागि एकपटकका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधानअनुरुप कामपाले यस व्यवस्था गरेको हो । यसैबीच कामपामा पछिल्लो समय नक्सापास गर्न आउने नगरवासीको सङ्ख्यामा कमी आएको छ । अघिल्ला वर्षमा दैनिक २० सम्म नक्सापास गर्नका लागि निवेदन आउने गरेकामा अहिले दैनिक १० मात्र आउने गरेको छ । कामपाले नक्सापास गर्नका लागि केही विशेष प्रावधान ल्याएको र क्रमिकरूपमा कामपाभित्र भवन निर्माण गर्ने जमीनको अभावका कारण पनि नक्सापास गर्न आउनेको सङ्ख्यामा कमी आएको कामपाको भनाइ छ । निर्माण सम्पन्न प्रमाणपत्रबिना निर्माणाधीन भवनबाट कुनै पनि बैंक सम्बन्धित काम गर्न नपाइने भएको हुँदा पछिल्लो समय निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको भने दैनिकरूपले वृद्धि भइरहेको छ । कामपामा ९० प्रतिशत भवन मापदण्डविपरीत निर्माण भएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending