Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

जब राष्ट्रकवि निवासमा राष्ट्रपति पुगिन्...

काठमाडौँ। “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।” शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा रहनुभएका राष्ट्रकवि घिमिरे आज बिहान पूजापाठ सकेर बिहान ८ः ३० बजेदेखि आफ्नी श्रीमती माहाकाली घिमिरेसहित बैठककक्षमा राष्ट्रपतिको प्रतीक्षामा बसेका थिए । करीब १० मिनेटको भलाकुसारीमा उहाँहरुबीच स्वास्थ्य स्थिति र आपसी कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीले आफूले सय वर्ष पुगेका स्रष्टालाई यसरी शुभकामना दिन पाएको अनुभव हालसम्म नभएको सुनाउँदै उहाँलाई सुस्वास्थ्य, दीर्घायू र सिर्जनशील जीवनको शुभकामना दिए। निस्कने बेलामा राष्ट्रपतिले राष्ट्रकविले विभिन्न समयमा प्राप्त गर्नुभएको सम्मान तथा पुरस्कारका प्रमाणपत्र र ताम्रपत्र राखिएको कक्षको अवलोकन गर्नुभयो । कोठाभरि मान्छेभन्दा अग्ला आकारका ताम्रपत्र र सम्मानपत्र सजाइएको थियो । साँघुरो त्यो कोठामा छविकार तस्वीर लिन तछाडमछाड गरिरहका थिए । औंपचारिक समारोह भन्दा फरक शैलीमा राष्ट्रकविलाई सम्मानभाव व्यक्त गर्न तथा जन्मदिनको शुभकामना दिन राष्ट्रपति भण्डारी घिमिरे निवास पुग्नुभएको थियो । आफन्तजन, पाठका लागि आमन्त्रित पण्डित, सञ्चारकर्मी र सुरक्षाकर्मीकाका कारण घुइँचो देखिएको घिमिरे निवासमा राष्ट्रपतिलाई घिमिरेका छोराछोरीले स्वागत गरेका थिए । गत वर्षको ९९ औँ जन्मदिनमा राष्ट्रपति भण्डारीले आफ्ना प्रमुख स्वकीय सचिवलाई पठाई शुभकामना दिनुभएको थियो । लमजुङको मस्र्याङदी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मनुभएका राष्ट्रकवि घिमिरेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूले जीवनमा कविता र सिर्जनालाई सधँै पहिलो प्राथमिकता दिँदै आएको बताए । परिवारका लागि भन्दा सिर्जना र देशका लागि आफ्नो जीवन व्यतित भएको र आफूलाई प्राप्त सम्मान एवं सद्भाव आफ्नो सम्पति भएको उनले बताए । राष्ट्रकवि घिमिरेले भने,“हामीले हाम्रो शरीर र इन्द्रियलाई अनावश्यकरुपमा चलाउनु हुँदैन । नचाहिने कुरा खाने र नचाहिने कुरा बोल्ने गर्नु हुँदैन । यो भगवानले दिएको शरीरलाई देश र समाजको हितमा प्रयोग गर्नुपर्छ ।” कुनै त्यस्तो इच्छा बाँकी छ, भन्ने जिज्ञासामा उहाँले आफ्नो प्रकाशोन्मुख महाकाव्य “ऋतम्भरा” का दुई सर्ग लेख्न बाँकी रहेको बताए । घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउन उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । रथारोहण कार्यक्रम यही असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending