Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

चलचित्र मालिका र चङ्गाचेटको भिडन्त कात्तिक १६ गते

काठमडौंं। हरेक हप्ता नेपाली चलचित्रको भिडन्तको विषय अब नौलो होइन । कहिले नामै नसुनेका चलचित्र जुध्छन्, त कहिले मल्टिस्टार चलचित्र नै । वर्षमा सयभन्दा बढी चलचित्र प्रदर्शन हुने हुँदा निकै कम चलचित्रले मात्र सोलो रिलिजको अवसर पाउँछन् । अब त्यो पनि लगभग लोप हुँदै गएको छ । गत भदौ २२ गते ‘रामकहानी’ र ‘रोज’ को भाले जुधाईले सिनेवृतले ठूलै हलचल ल्याएको थियो । त्यसपछि दशैंमा ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ एकसाथ प्रदर्शन हुने समाचार बाहिरियो । अन्ततः ‘छक्का पञ्जा ३’ ले घटस्थापना रोज्यो भने ‘जय भोले’ फूलपातीमा विभिन्न हलहरुमा प्रदर्शन आउने मिति निश्चित गर्याे । अब फेरि अर्को महासंग्रामले सिनेवृत तात्न थालेको छ । आगामी कात्तिक १६ गते दुई ठूला चलचित्र जुध्ने पक्कापक्की भएको छ । कात्तिक २१ गते अभिनेत्री रेखा थापाको ‘मालिका’ आउने पक्का भएको थियो । तर, शुक्रबार सार्वजनिक ट्रेलरमा फिल्मको प्रदर्शन मिति एक हप्ताअघि सारिएको उल्लेख छ । अब ‘मालिका’ कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको रिलिज फेरबदल हुनुको कारण बलिउडको प्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ हो । यो फिल्म नोभेम्बर ८ अर्थात् कात्तिक २२ गते प्रदर्शनमा आउँदै छ । आमिर खानको फिल्म ‘थ्रेट’ हुने भन्दै रेखाले आफ्नो फिल्मलाई एक साताअघि सारेकी हुन् । एकसाता अगाडि आएपनि ‘मालिका’ ले सोलो रिलिज भने पाउने छैन । यसअघि नै यो मितिमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी स्टार नेपाली चलचित्र ‘चङ्गा चेट’ आउने फाइनल भइसकेको छ । अब कात्तिक १६ मा दुई ठूला फिल्मको लडाईँ पक्का भएको छ । केही समय अगाडि अभिनेत्री प्रियंका, रेखाबाट ‘नं.१ नायिका’को ट्याग खोस्ने दौडमा रहेको बहस सुरु भएको थियो । तर, लगातार एकपछि अर्को फिल्म बक्स अफिसमा पात्तासाफ हुँदा प्रियंकाले रेसमा आफूलाई टिकाइराख्न सकिनन् । बरु अभिनेत्री पूजा शर्मालाई यसको दाबेदार मान्न थालिएको छ । आगामी कात्तिक १६ को नतिजा रेखा र प्रियंका दुवैका लागि एकदमै महत्वपूर्ण छ । ‘पलाँस’, ‘डायरी’ र ‘रुद्रप्रिया’ नेपाली चलचित्र फ्लप भएपछि रेखाको स्टारडम खस्किँदै गएको छ । अब त्यसलाई उकास्नैपर्ने चुनौति ‘मालिका’ लाई छ । उता प्रियंकाको स्टारडम अहिले शुन्य जस्तै छ । यसकारण ‘मालिका’ र ‘चङ्गा चेट’ लाई दुई अभिनेत्रीको स्टारडम मापन गर्ने तराजु भन्न सकिन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy