काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ।
बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि सर्वसाधारण उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यावसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो। सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा 'नेपाल ग्यास' र 'एसटीसी ग्यास'का कुल १८४ वटा सिलिन्डर मौज्दात राखिएको पाइएको हो।
विभागका अनुसार अनुगमनका क्रममा होटल परिसरमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन्। यसका साथै होटलका भान्छामा अन्य करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको समेत पाइएको छ।
बजारमा सर्वसाधारणका लागि ग्यासको कृत्रिम अभाव देखिएका बेला होटलले नियमविपरीत ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बजारमा ग्यासको सुलभ आपूर्ति हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने बाध्यताको अन्त्य गर्न होटल, व्यावसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि अनुगमन र निगरानीलाई अझ कडाइ गर्ने स्पष्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...



प्रतिकृया लेख्नुहोस्: