दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्।
आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा। वाग्लेले सो धारणा व्यक्त गरेको हो। उनले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनुपर्ने विगतको अवस्था अन्त्य गर्न करको दायरा फराकिलो बनाउने नीति लिइएको स्पष्ट पारे।
जनताको विकाससम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दातृ निकायको ऋणसमेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प नरहेको उनले बताएयो। 'हामीले नियमित दायित्वका लागि पनि ऋण लिनुपर्ने अवस्था छ। राज्यको अत्यावश्यक दायित्व साढे १३ सय अर्ब रुपियाँ रहेकोमा सरकारको आम्दानी १२ सय ५० अर्ब रुपियाँको हाराहारीमा मात्र छ,' अर्थमन्त्री डा। वाग्लेले भन्नुभयो, 'यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका हौँ।'
करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उनले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताए।
सरकारले २१ सय २४ अर्ब रुपियाँको बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गरी ६६ खर्ब रुपियाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको उनले प्रस्ट पारे। साथै, छिट्टै गैरआवासीय तथा प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्ने अनुकूल वातावरण तयार गरिने जानकारीसमेत उनले दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...



प्रतिकृया लेख्नुहोस्: