Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भरतपुर महानगरपालिका नमूना सहर बनाउँने मेयर दाहालकाे प्रतिबद्धता

गैंडाकोट। चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना सहर बनाउने प्रतिबद्धता जनाएकी छन् । भरतपुर महानगरपालिकाले गैंडाकोटमा गरेको सहरीकरण, जलवायु परिवर्तन र अनुसन्धानसम्बन्धी एक दिवसीय समीक्षा गोष्ठीमा महानगर प्रमुख दाहालले ‘स्मार्ट सिटी’को अवधारणालाई साकार पार्न फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन गर्न खोजिरहेको बताइन् बताए। उनले भनिन्, ‘भरतपुर महानगरको फोहोर व्यवस्थापन गरेर स्मार्ट सिटीलाई साकार पार्न महानगर लागिरहेको छ ।’ कार्यक्रममा मेयर दाहालले सबैको ध्यान भरतपुर महानगरले तानेको हुनाले यसले नमूना काम गरेर देखाउन आवश्यक भएको बताइन् । कार्यक्रममा फोहोर मैला व्यवस्थापन सम्बन्धित विज्ञहरुले स्मार्ट सिटीको अवधारणा ल्याउनुअघि फोहोरको वैज्ञानिक तरिकाले उचित व्यवस्थापन गर्न सुझाव दिएका थिए । विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै दीर्घकालीन रुपमा फोहोरको उचित व्यवस्थापन नगरेसम्म स्मार्ट सिटीको कल्पना गर्न नसकिने बताएका थिए । विज्ञहरुको कार्यपत्रमा दक्षिण एसियाली सहरहरुमा जलवायु अनुकुलनको लागि दिगो प्रयास फोहोरमैला तथा ढल निकास व्यवस्थापनको सुझाव दिएका थिए । कार्यक्रममा प्लास्टिक व्यवस्थापन र कर नीति र हाइड्रो डाइनामिक मोडलिङको विषयमा डा मणि नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, प्लाष्टिक फोहोर र व्यवस्थापनको विषयमा विज्ञ ऋषि कट्टेल, भरतपुर महानगरपालिकाकोे फोहोर संकलन सुधार गर्न उपभोक्ताहरुको चाहनामा डा राजेश राईले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा साउथ इन्डियाका विज्ञ अजाम नथानेलले भरतपुर महानगरपालिका वडा नं १० को फोहोर संकलनको केन्द्र विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेन्डी एसिमोडसँग सहकार्य गरी महानगरले समीक्षा गोष्ठी गरेको थियो । कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनाश, प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, सेन्डी एसिमोडका प्रतिनिधि भीम अधिकारीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित, ४ का वडाध्यक्ष हरि आचार्य, १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवालगायतले सुझावहरु दिएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy