Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

अब शेयर कारोवारको सम्पुर्ण विवरण ‘मेरो शेयर’ मार्फत

\"\"काठमाडौँ। दोस्रो बजारमा लगानी गर्ने शेयर लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोवारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् । ‘सिडएस एण्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोवार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रुपमा निर्देशन पूँजी जारी गर्ने सुविधा थप गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कारोवार सम्पन्न भएको दोस्रो कार्य जुनसुकै बेला पनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पूर्जी जारी गर्न सक्ने गरी व्यवस्था गरिएको र सो प्रणाली लागू गरिएको छ । नयाँ व्यवस्था यही असोज २१ गतेदेखि लागू हुनेछ । लगानीकर्ताले मेरो शेयर पूर्जीमार्फत् नै विद्युतीय निर्देशन जारी गर्न सक्ने व्यवस्था गरिएको पत्रकार स्म्मेलनमा जानकारी दिइयो । कारोवार भएको धितोपत्रको हकमा लाग्ने हन्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाप सदस्यलाई बुझाउने र सो शुल्क सम्बन्धी राफसाफ सदस्यमार्फत कारोवारको राफसाप तथा फछ्र्योट प्रणालीमार्फत् गर्ने व्यवस्था गरिएको छ । विद्युतीय निर्देशन पूर्जीको प्रयोगसँगै लगानीकर्तालाई नेपाल स्टक एक्सचेञ्जले हाल परीक्षण गरिरहेको र शीघ्र सञ्चालनमा ल्याउन लागिएको पूर्ण स्वचालित कारोवार प्रणालीको प्रयोग गरी कारोवार गर्न थप सहज हुने विश्वास लिइएको छ । कारोवार राफसाफका लागि लगानीकर्ताले निक्षेप सदस्यको कार्यालय धाउनुपर्ने बाध्यता तथा समयमा निर्देशन पूर्जी जारी हुन नसकेका कारण हुने समस्यासमेत अन्त्य हुनेछ । लगानीकर्तालाई पूँजी बजारसम्बन्धी जानकारी अभिवृद्धि गर्ने हेतुले आयोजना गर्न लागिएको विश्व लगानीकर्ता सप्ताह समारोहमा यही असोज १९ गतेदेखि आगामी कात्तिक २ गतेसम्म हितग्राही खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पछिल्लो प्रविधिले लगानीकर्तालाई फाइदा पुग्ने तथा बजारको विस्तारका लागिसमेत सहयोग पुग्ने बताए । कार्यक्रममा इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र ब्रोकर सङ्घका अध्यक्ष भरत रानाभाटले बजार विस्तार र सहज कारोवारका लागि प्रविधिको खोज र प्रयोगमा लगानी बढाउनुपर्ने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy