कलाकारलाई युट्युबकै भर, प्रकाश सपुत भन्छन्- चार करोड बढी दर्शक पाए
आश्विन २१ गते, २०७५ आइतवार 7th October, 2018 Sun१४:१३:३७ मा प्रकाशित
बागलुङ। एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ ।
प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ ।
विसं २०५८ मा एक लाख बढी बिकेको गीति एल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक/गायक विष्णु खत्रीको अहिले आफ्नै युट्युब च्यानल छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै आएका छन् । ‘प्रविधिलाई आत्मसात् गर्नै पर्दोरहेछ’ खत्रीले भने, “अहिले युट्युबको जमाना छ, म त्यसकै प्रवद्र्धनमा छु ।” राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने उनको अनुभव छ ।
लोकगायक तथा मोडल प्रकाश सपूतको लोकगीत ‘बोल माया’ युट्युबमा ८७ लाख भन्दा बढीले हेरेका छन् । उक्त लोकगीत केही महिनाअघि सार्वजनिक हुँदा युट्युबमा सर्वाधिक हेरिने मध्येको नम्बर १ मा परेको थियो । ‘प्रकाश सपूत भन्ने मरो आफ्नै युट्युब च्यानल छ’ सपूतले भने, “हालसम्म मेरा सिर्जनाले चार करोड बढी दर्शक पाएका छन् ।” राम्रो सामग्री दिन सकियो भने युट्युबबाट कमाइ लिन सकिने उनको भनाइ छ ।
जागिर गर्दा आउने जत्ति पैसा अहिले युट्युबबाट नियमित पाइरहेको तर बाहिर भन्ने गरिएजस्तो धेरै पैसा आउने अवस्था भने नभएको सपूतले सुनाए । सर्वाधिक हेरिएका कपितय गीतबाट भने राम्रो आम्दानी पनि भित्रने गरेको छ ।
सिर्जनाको बलमा जति धेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा जम्मा हुने अर्का गायक एवं मोडल दुर्गेश थापा बताउछन् । ‘मासिक करीब ५० हजार युट्युबाट कमाउछु’ थापाले भने, “कहिले बढी पनि आउछ, कहिले कमी ।”थापाको ‘क्षत्रीको छोरो’ भन्ने गीत युट्युबमा ३३ लाखले हेरेका थिए । दशैँंलाई लक्षित गरी ‘बाँचे टुप्लुक्क’ बोलको गीत युट्युबबाटै सार्वजनिक गर्ने तयारीमा छन् । थापाले हालैमात्र युट्युबबाट एक लाख युट्युब च्यानलको समूह सदस्य (सब्सक्राइबर) पुगेबापत् पुरस्कारसमेत पाएका छन् । गीत हेर्ने, लाइक, टिप्पणी, आदानप्रदान र ‘सब्रसक्राइब’ गर्ने सङ्ख्याका आधारमा कलाकारको युट्युबमा राम्रो अभिलेख रहने गरेको छ ।
पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको कलाकार बताउँछन् । गीतको बीचमा युट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउने गरेको छ । व्यावसायिक रुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र युट्युब च्यानलको समूह सदस्य पुग्नुपर्ने प्रावधान छ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ ।
लोकगायक खत्रीले युट्युबमा विकृति पनि रहेको बताउछन् । अर्कैको सिर्जनालाई अनुमति नलिइ आफ्नो यट्युबमा राख्ने चलनले बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन भएको उनको भनाइ छ । ‘एउटाको ठूलो लगानी र मेहनत परिरहेको हुन्छ’ उनले भने, “फाइदा अर्कैले लिइरहेको हुन्छ । नियमन निकायले विकृति रोक्नुपर्ने उनको सुझाव छ ।
युट्युबले विदेशबाट हेरेबापत मात्रै कलाकारलाई रोयल्टी दिने गरेको बताइन्छ । नेपाल युट्यबको प्राथमिकतामा पर्न सकेको छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकगायक वसन्त थापाले युट्युब कलाकारको व्यक्तित्व चिनाउने माध्यम बनेको बताउछन् । ‘राम्रो दर्शक पाउदा पैसा पनि छ’ थापाले भने “यसबाट कलाकारको व्यक्तित्व पनि उठ्छ ।” त्यसमा चर्चा बटुलेका कलकार देश विदेशका कार्यक्रममा पनि बढी पुग्छन् । कलाकारलाई मञ्चीय कार्यक्रम पनि कमाइको अर्को भरपर्दो माध्यम हो ।
कम्पनीमार्फत युट्युबमा जाँदा रोयल्टी पाउने निश्चित नभएपछि कलाकारहरुले आफ्नै एकाउन्ट खोल्न थालेका हुन् । लगानी जुटाएर गीतको श्रव्यदृश्य तयार गर्ने र त्यसलाई आफ्नै युट्युबबाट प्रवद्र्धन गर्ने क्रम अहिले बढ्दो छ । मेकानिकल रोयल्टी भनेर कम्पनीले पैसा पाउँछन् भने आफ्नै एकाउन्ट भएका कलाकारको खातामा युट्युबले पैसा जम्मा गरिदिन्छ । रोयल्टी सङ्कलन समाज नेपाल र गुगलबीच भएको सम्झौतापछि नेपालमा युट्युबसम्बन्धी च्यानल व्यावसायिक बन्न थालेको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: