Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

मुख्यमन्त्री भट्टद्वारा सीमा नाकाको निरीक्षण

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिनुभएको छ । चाडपर्वको समयमा उक्त नाका हुँदै भित्रिने नेपालीमाथि ज्यादती हुने गरेको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले आज निरीक्षण गरेको हो । सुदूरपश्चिम प्रदेशमा गौरीफन्टा नाका नेपालीको आवागमन हुने मुख्य नाका हो । वडादशैंँ र तिहार पर्व नजिकिएसँंगै यति बेला सो नाका हुँदै दैनिक चार सयदेखि हजार नेपाली स्वदेश भित्रिइरहेको बताइएको छ । यसरी भित्रिनेसँग सीमाका अधिकारीले अनावश्यक रुपमा दुःख दिने गरेका घटना बेलाबखत हुने गरेका छन् । विद्युतीय रिक्सालगायतका सवारी साधनले स्वदेश फर्किने नागरिकबाट मनपरी भाडा असुल्ने गरेको गुनासो पनि बढेको छ । मुख्यमन्त्री भट्टले सीमामा आवागमन गर्नेको सहयोगका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबि) र सशस्त्र प्रहरी बलको पहलमा गौरीफन्टा सीमा नजिक स्थापना गरिएको ‘संयुक्त हेल्प डेस्क’ ले गर्ने कामका बारेमा समेत जानकारी लिए । उनले त्रिनगर प्रहरी चौकीमा हालै स्थापना गरिएको मलेरिया रोगको परीक्षण, उपचार तथा परामर्श सम्बन्धी ‘हेल्थ डेस्क’ को गतिविधि बारेमा जानकारी लिए । कैलाली भन्सार कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले सीमामा अवैध चोरी र कारोवार रोक्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending