Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नुवाकोटका १६ ठाउँमा ट्राफिक जाँच

नुवाकोट। नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ । विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ । चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्य–मुख्य सडक खण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ । विदुर नगरपालिका वडा नं १० स्थित ढुङ्गे–बेत्रावती सडक खण्डमा बसेका प्रहरी प्रमुख कुँवरका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी दैनिक ५० भन्दा बढी रहेका छन् । ती सवारीलाई कारवाही गरी पछिल्लो समयमा दैनिक एकै स्थानबाट रु ५० हजारको हाराहारीमा राजश्वसमेत सङ्कलन भएको छ । दशैँ सुरु भएपछि दैनिक तीन सयभन्दा बढी सवारी कारवाहीको दायरामा आइसकेका छन् । ती सवारीबाट रु एक लाख ५० हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । नुवाकोट प्रहरीले जिल्लाको फूलबारी, छहरे, ठूलोखोला, बागेश्वरी, बाउनबेँसी, सिक्रे, ढिकुरे, कोलनी, इन्द्रचोक, पिपलटार, रानीपौवा, कोल्पुटार, ढुङ्गे, ओखरपौवा, गुज्रेलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउन सचेतना कक्षा चलाउँदै आएको छ । जाँचस्थलमा बसेका प्रहरीले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् । छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायलाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ । विशेष अभियानका रूपमा यो कार्य दशैँ अवधिभर कायम रहने प्रहरीले जनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy