Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

रित्तिदै गाउँ, भरिँदै शहर

पोखरा। विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ । दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने गर्दछन् । विजयादशमीकै दिन टीका लगाउने प्रचलनका कारण यी जिल्लामा उक्त दिन मध्यरातसम्म नै मानिसको आवजजावत हुन्छ । घरका ज्येष्ठ सदस्य र मान्यजनबाट टीका लगाई आशिर्वाद लिन यसअघि रत्तिएका गाउँबस्तीमा दशैँका बेला भने चहलपहल बढेको थियो । दशैँको टीका लगाएसँगै रोजगारीका सिलसिलामा आफ्नो कार्यस्थल फर्कनेहरूको यतिखेर बजारमा लर्को लागेको छ भने दुई–चार दिनका लागि भरिएका गाउँ बस्ती पुनःरित्तिन थालेका छन् । यात्रुको चापका कारण सवारीसाधनलाई यात्रु ओसार्न भ्याइ–नभ्याइ भएको छ । फर्कने यात्रुका कारण पोखराबाट काठमाडौँ र अन्य शहरमा जानेको चाप निकै बढेको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।पोखराबाट काठमाडौँ र अन्य शहरमा जाने यात्रुवाहक बस खचाखच भरिएका छन् भने टिकट लिनका लागि काउन्टरमा सर्वसाधारणको लर्को देखिन्छ । समितिअन्तर्गतका एक हजार ३७८ वटा सवारी साधनमध्ये दशैँ शुरु भएयता एक÷दुई दिनबाहेक दैनिक लगभग ९० प्रतिशतले यात्रु ओसारपसार गर्ने गरेको अध्यक्ष साईले बताए ।विजयादशमीको भोलिपल्टै कात्तिक ३ गते मात्रै ४०० भन्दा बढी बस पोखराबाट काठमाडौँ गएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । त्यस्तै कात्तिक ४ गते समितिका ८०० भन्दाबढी सवारी साधनले यात्रुलाई सेवा दिएका थिए भने आज बिहानैदेखि काठमाडौँ जाने यात्रुको अत्यधिक चाप देखिएको छ ।“सरकारी तथा अन्य निजी कार्यालय खुले पनि कोजाग्रत पूर्णिमासम्म शैक्षिक संस्थामा पठनपाठन नभएका कारण आधाजसो फर्कने क्रममा नै छन्”, उनले भने, “कोजाग्रत र आसपासका एक÷दुई दिन यात्रुको सङ्ख्या निकै बढ्ने छ, दशैँमा आउनेको जस्तो यात्रुको चाप फर्किंदा भने केही कम हुने गरेको हाम्रो अनुभव छ ।” विगतमा भन्दा यस वर्षको दशैँमा आपराधिक गतिविधि कम भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।टीका लगाएर फर्कनेको शहरी क्षेत्रमा निकै चाप देखिएको बताउँदै उहाँले लामो दूरीका बसमा विगतमा जस्तो बढी भाडा लिने गरेको गुनासो नआएको उल्लेख गरे । केही ट्याक्सीले भाडा मनपरी लिएको भन्ने गुनासो आएसँगै उनीहरूलाई नियन्त्रणमा लिएर कारवाही गरिएको उनले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending