Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राष्ट्रपति ट्रम्पको बोलीले हिंसा गर्न उक्सायो

न्यूयोर्क शहरका मेयरले सीएनएन समाचार संस्था तथा बराक ओबामा एवम् हिलरी क्लिन्टन जस्ता वरिष्ठ डेमोक्र्याट नेताहरूमाथि नियोजित आक्रमणका प्रयासलाई आतंकवादी कार्य भनेका छन् । शंकास्पद विस्फोटक पदार्थका पोका न्यूयोर्क, वाशिङ्गटन डिसी तथा फ्लोरिडाका स्थानहरूमा पठाइएका थिए । न्यूयोर्कका मेयर बील डे ब्लाजियोले पत्रकारहरूसँग कुरा गर्दै ती घटनालाई आतंकित पार्ने प्रयास भने । हिँसात्मक कार्यका माध्यमबाट स्वतन्त्र प्रेस तथा देशका नेताहरूलाई तर्साउने प्रयास भएको उनले बताए । संघीय जाँच ब्युरो एफबीआइ ले यी घटनाको अनुसन्धानलाई उच्चतम प्राथमिकता दिइएको बताएको छ । उसले हालसम्म त्यस्ता विस्फोटक पदार्थका पाँचवटा पोका पत्ता लगाइसकेको छ । जसमध्ये एउटा चाहिँ पाइप बम भएको पुष्टि भएको छ । त्यो उदारवादी परोपकारी अर्बपति जर्ज सोरोसको घरमा दुई दिन अघि भेटिएको थियो । क्त घटनापछि वाशिङ्गटन डिसीस्थित ओबामाको निवास आसपास सुरक्षा बढाइएको छ । बुधवार बिहान सीएनएनको न्यूयोर्क कार्यालयको चिठीपत्र राखिने कोठामा बम पठाइएको भेटिएपछि सुरक्षाको निम्ति कर्मचारीहरूलाई बाहिर निकालिएको थियो। ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस्ता डरधम्कीको निम्ति कुनै स्थान नभएको बताए । अमेरिकी जनताको सुरक्षा आफ्नो सबभन्दा प्रमुख प्राथमिकता भएको उनले बताए । न्यूयोर्कका गभर्नर एन्ड्रु कुओमोले, उनकै शब्दमा, अतिरञ्जित अभिव्यक्तिहरूले मानिसहरूलाई हिँसात्मक गतिविधिमा धकेलिदिएको बताएका छन् । यी घट्नाबारे कुओमोको सो भनाइ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पप्रति लक्षित रहेको सम्वाददाताहरू बताउँछन् । फ्लोरिडामा आयोजित एउटा कार्यक्रममा सिक्रेट सर्भिसलाई धन्यवाद दिँदै पूर्व अमेरिकी विदेशमन्त्री हिलरी क्लिन्टनले भनिन्, यो निकै विभाजन भइरहेको समय हो । हामीले देशलाई एकताबद्ध बनाउन जे गर्न सकिन्छ त्यो गर्नुपर्छ । यी विस्फोटक पदार्थहरूको सबै सम्भावित निशानामा खासगरि राष्ट्रपति ट्रम्प तथा उनका समर्थक समूहले निरन्तर आलोचना गर्दै आएकाहरू परेका छन् । केही डेमोक्र्याटहरूले राष्ट्रपतिलाई उनको बोलीमार्फत हिँसा गर्न उक्साएको आरोप लगाएका छन् । अमेरिकामा नोभेम्बरमा संसदीय चुनावको संघारमा यी घटना भएका छन् । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending