Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

खबरडबली संवाददाता

वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज यहाँ  आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अर्यालले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गरेको हो । 

विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण निर्माण गरिएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे। सहभागीहरूले नेपालमा लगानीको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत छलफल गरेका थिए ।

महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै प्रवासी नेपालीले ती क्षेत्रमा उपलब्ध लगानीका अवसर गुमाउन नहुनेमा जोड दिए।

उद्यमी लोक तिवारीले अमेरिकामा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीले आफ्नो सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नपर्छ भन्दै नेपाललाई प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले बडडाँडा–बुढीचौर सडक तीन दिनदेखि अवरुद्ध

सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १:१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त द...

२५० को खरिदले दिलायो १० लाख, करदाता प्रोत्साहन उपहार योजनाको पहिलो बम्पर विजेता घोषणा

काठमाडौं । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत पहिलो १५ दिनको बम्पर उपहारको न...

रक्सीको घुट्कोसँगै बग्दै गएको जीवन

पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...

युट्युब हेरेर सुरु गरेको ड्र्यागन खेतीले दियो आम्दानी, कपिलवस्तुका किसानको उदाहरणीय सफलता

कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...

अस्पतालमा बिरामी होइन, लाइन बस्छ पर्चा ! सरकारी स्वास्थ्य सेवाको अव्यवस्थाले बढायो नागरिकको सास्ती

काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...

प्रदेश सरकार गठनमा अंकगणित र आन्तरिक किचलो बाधक, १२ दिन बित्दा पनि पाँच प्रदेश अन्योलमा

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...

गगन थापालाई मान्यता दिने आदेश पुनः परीक्षणमा, कांग्रेस विवाद फेरि सर्वोच्च अदालतमा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको न...

बालेनको संसद् बहिष्कार कि जवाफदेहिताबाट पलायन ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारलाई लिएर प्रतिनिधिसभाभित्र र बाहिर प्रश्नहरू थप चर्किन थालेका छन्। संसद्मा निरन्तर उनको उपस्थ...

चिस्यान केन्द्र र गाडी खरिदमा भ्रष्टाचार आरोप, आठबीसकोटका नगरप्रमुख तानिए अदालत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending