Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठी कात्तिक ११ देखि, ३ सय वैज्ञानिक सहभागी हुने

\"\"चितवन। अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । यही कात्तिक ११ देखि १३ गतेसम्म कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा सो सङ्गोष्ठी हुँदैछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको आयोजना तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि सङ्गठन, हेफर इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सो कार्यक्रम हुन लागेको हो । सम्मेलनमा १० देशका तीन सय वैज्ञानिक सहभागी हुनेछन् । मूल आयोजक समितिका अध्यक्ष एवं कृषि विश्वविद्यालयका डिन प्रा डा शारदा थपलियाका अनुसार गोष्ठीमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालन जस्ता विधामा ११५ वटा वैज्ञानिक र अनुसन्धानमूलक कार्यपत्र पेश हुनेछन् । कार्यपत्र समावेश गरी पुस्तक प्रकाशित गरिएको थपलियाले बताए । सो अवसरमा नेपाल, भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, अमेरिका, भूटान, इजिप्ट र कम्बोडियाका वैज्ञानिक सहभागी हुनेछन् । विभिन्न विश्वविद्यालय तथा कुखुरापालन क्षेत्रमा अनुसन्धान गरिरहेका विज्ञ, नेपालका कुखुरापालन उद्योगी, व्यावसायिक किसानसहित सो क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । ‘खाद्य स्वच्छता र सुरक्षाका लागि कुखुरापालनको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ सङ्गोष्ठी हुँदैछ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले नेपाल कुखुरापालन उत्पादनमा आत्मनिर्भर रहेको भन्दै यो यो कार्यक्रमले उत्पादन वृद्धि र व्यावसायिकीकरण गर्नमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । देशको कूल उत्पादनको आधाभन्दा बढी कुखुरापालनजन्य उत्पादन हुने चितवनमा कार्यक्रम हुनुले यहाँका कृषकसमेत लाभान्वित हुने बताइएको छ । नेपालको कूल ग्रार्हस्थ्य उत्पादनको करीब चार र कूल कृषि गार्हस्थ्य उत्पादनको करीब आठ प्रतिशत हिस्सा कुखुरापालन क्षेत्रले ओगटेको छ । कुखुरापालन क्षेत्रमा करीब एक लाख ५० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्कअनुसार नेपालमा करीब सात करोड कुखुरा रहेको छ । देशको कूल मासु उत्पादनको करीब १७।२ प्रतिशत हिस्सा कुखुरापालन क्षेत्रले ओगटेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy